भदौ २७ रोल्पा ।
यूवा संगठन नेपाल सुनछहरी गाउँ कमिटीकाे दाेस्राे भेला आइतवार पाेबाङमा सम्पन्न भएकाे छ । भेलाले काेमसिङ घर्तीमगर समर्थनकाे अध्यक्षतामा २ जना पछि मनाेनयन गर्ने गरि १५ सदस्यिय गाउँ कमिटी गठन गरेकाे छ।

जसको उपाध्यक्ष पदम घर्तीमगर सचिव ओम प्रकाश पुनमगर सहसचिव विमल बुढामगर काेषाध्यक्षमा सरिता घर्तीमगर साथै सदस्यहरूमा विष्णु पुनमगर,याम बहादुर घर्तीमगर,सेमै घर्तीमगर,साेम बहादुर घर्तीमगर,पुर्ण बहादुर घर्तीमगर चन्दन राेकामगर,दीनेश बि.क,देव घर्तीमगर लगायत निर्बाचित भएकाे संगठनका अध्यक्ष काेमसिङ घर्तीमगरले जानकारि दिए।

 

भेला सँगै नेकपाकाे केन्द्रीय कार्यक्रम अन्तर्गत एमसिसिकाे खारेजकाे माग गर्दै र्‍यालि समेत सम्पन्न गरेकाे छ । पाेबाङ गाउँबाट निस्किएकाे र्‍यालि राताे घर गाउँपालिकाकाे प्रशासनिक भवन हुदै पाेबाङ बजार परिक्रमा गरेकाे थियाे ।

भेलाकाे उत्घाटनशत्रलाइ सम्बाेधन गर्दै नेकपाका सुनछहरि गाउँपालिका इन्चार्ज हेमन्तले देशमा व्याप्त भ्रष्ताचार व्यथिति अन्त्यका लागि असफल शिद्ध दलाल संसदिय व्यवस्थाकाे खारेज गर्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापनार्थ सम्पुर्ण क्रान्तिकारि युवाहरूकाे मुख्य जिम्मेवारि रहेकाले त्यसकाे व्यापक बहस पैरविमा लाग्न यूवाहरूलाई निर्देशन दिए।

नव निर्बाचित संगठनका पदाधिकारिहरूलाई नेपाल कम्यूनिष्ट पार्टीका बिशेष कमिटी सदस्य रविकिरण पुनमगर डेनियलले शुभकामना तथा प्रशिक्षण गरे भने जनपत्रकार संगठन नेपाल राेल्पाका अध्यक्ष हर्क घर्तीमगर,अखिल(क्रान्तिकारि)राेल्पाका उपाध्यक्ष सिस्ने जलजला सुनछहरि ५ जैमाकसलाका सेक्रेटरी पुर्ण बुढा लगायतले शुभकामना दिएका थिए भने कार्यक्रमकाे सहजिकरण हिकलाल पुनमगरले गरेका थिए ।

प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार