ट्रेन्डीङ्ग

नेकपाले जाजरकोटमा एमसिसि सम्झौता जलायो

दिपेन्द्र सिंह ,भदौ २६ जाजरकोट। नेपाल कम्यूनिस्ट पार्टी जाजरकोटले आज भेरी नगरपालिका १ को रिम्नामा एमसिसि सम्झौताको कागज जलाएर बिरोध गरेको छ ।

अमेरिकाले एमसिसि परियोजना मार्फत सहयोग स्वरुप नेपाललाई दिने भनिएको ५६ अर्ब रुपैँयामा राखिएका बुँदाहरु राष्ट्रघाती भएको र यो सम्झौता तुरुन्त खारेजिको माग गर्दै सम्झौता कागज जलाएर बिरोध गरिएको छ ।

बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी जाजरकोटका भेरी नगरपालिका इन्चार्ज हिमालले एमसिसि सम्झैतामा भएका मुख्य १४ वटा राष्ट्रघाती बुँदाहरु पढेर सुनाउँदै उपस्थित जनसमुदायलाई स्पष्ट पार्नुभयो ।

त्यस्तै अखिल (क्रान्तिकारी) जाजरकोटका जिल्ला अध्यक्ष बिराजन शाहिले कार्यक्रममा बोल्दै एमसिसि सम्झौता नेपाली जनताको हित बिपरित भएको र यसलाई कुनैपनी हालतमा पास गर्न नदिनाको लागि आम जनसमुदायले आ-आफ्नो ठाउँबाट आवाज उठाउन अपिल गर्नुभयो ।

अमेरिकी एमसिसि परियोजना उपाध्यक्ष सहितको टोलि नेपालमा आएर प्रत्यक्षरुपमा नेपाल सरकार लगायत अन्य राजनितिक दलहरुलाई भेटेर पास गर्न दवाब दिईरहेको र नेपाल सरकार लगायत बिभिन्न राजनैतिक दलहरुले स्पष्ट धारणा नखुलाएकोमा आपत्ति प्रकट गर्दै कार्यक्रमलाई सम्बोधन गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal