ट्रेन्डीङ्ग

प्याब्सन सैनामैनाको अध्यक्षमा धर्मराज घिमिरे सर्वसम्मत

प्रदिप ज्ञवाली,भदाै २५,सैनामैना । प्याबसन सैनामैनाको अध्यक्षमा धर्मराज घिमिरे सर्वसम्मत रुपमा चयन हुनुभएको छ।घिमिरे श्री बुद्ध इङलिस स्कुलका प्राचार्य हुनुहुन्छ ।प्यावसन सैनामैनाको आज सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले नया नेतृत्व चयन गरेको हो जसको सचिवमा टोपलाल भट्टराइ , कोषाध्यक्षमा सागर के सि र सदस्यहरुमा शुसिला शर्मा र मेघराज अर्याल रहनुभएको छ ।

तेस्रो साधारणसभा तथा दोस्रो अघिवेशनल कार्यक्रमको पहिलो सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पाैडेलले सरकारले सामुदायिक र संस्थागत बिद्यालयको बिचमा असमान नितिहरु अबलम्बन गरेको भन्दै आलोचना गर्नुभयो । तेस्तै उहाँले कोभिड 19 अर्थात कोरोना भाइरस सङ्गैको लकडाउनका कारण चपेटामा परेका विद्यालयहरुलाइ सहगताका साथ सरकार र सङ्गठनको निर्देशन अनुसार अगाडी बढ्न सुझ्याउनु भयो।

कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश सदस्य कृष्ण प्रसाद शर्मा,प्याब्सन रुपन्देहीका बरिष्ट उपाध्यक्ष अनन्तराम शर्मा,प्याब्सन रुपन्देही उपाध्यक्ष एकनारायण काफ्ले,रुपन्देही सचिव लक्ष्मण ज्ञवाली र सैनामैना अभिभावक सघ अध्यक्ष बिष्णु पाण्डेले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रम प्याब्सन सैनामैनाका अध्यक्ष भिजराज पाैडेलको अध्यक्षता, प्याब्सन रुपन्देही जिल्ला अध्यक्ष लेखनाथ पाैडेलको प्रमुख आतिथ्यतामा भएको हो।

कार्यक्रम प्याब्सन सैनामैनाका कोषाध्यक्ष टोपलाल भट्टराइको स्वागत तथा सचिव धर्मराज घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?