ए भट्टीकी रानी कस्तो रहेछ तिम्रो हातको रङ्गिन पानी।
मेरो त बिग्रियो सबै जिन्दगानी।।

जीवनको अस्तित्वलाई भट्टीगई नशा खाई नाश गर्यो।
पुर्खाले कमाएको नामपति सम्पत्ति सबै भ्रष्ट  गर्यो।।

आमा भन्दा प्यारी हुन्छिन् रक्सी दिने नानी।
सर्वश्व भुलाई दिने कस्तो रङ्गिन पानी।।

धर्मशर्म लुकाएर मान्छे रुखो हुँदै गयो।
ठुलै पद भएपनि भट्टी भित्र संसार भयो।।

अनमोलको जिन्दगी भट्टी तिर नलैजाउन भाई।
बाचुन्जेली पीडा किन आफ्नै परिवारलाई।।

घमण्ड र अहंकारले मानिसलाई जिती सक्यो।
भाग्यले पनि छली सक्यो परिवार पराई भो साथी रक्सी भो।।

अबदेखि भट्टी तिर नजाउ है मेराभाई।
अनमोल यो जिन्दगिलाई रक्षा गरन है।।

देखेका सपना भए सबै शत्रु समान।
न देखेका कुरा रहेछन बलवान।।

बिना निम्तो गएर भट्टी।
छिन मै रित्तो भरिएको खल्ती।।

दमकुमारी बगाले
वालिङ ८ बगालथोक,स्याङ्जा (तीजको उपलक्ष्यमा महिला दिदीबहिनीको पीडालाई उहाले कविताका मार्फत पेश गर्नुभएको छ ।उहाँ हाल ७१ वर्षकी हुनुहुन्छ । ६५ वर्षको उमेरमा पढ्न लेख्न आँफै सिकेर आफ्ना कविता मार्फत समाजलाई सही मार्गनिर्देशन गर्ने सुविचार प्रकट गर्ने व्यक्ति हुनुहुन्छ ।)

प्रकाशित मिति : २०७८ भाद्र २४ गते बिहिवार