प्रकाश थापा,भदौ २३,डोटी ।विप्लव नेतृत्व नेकपाका केन्द्रिय सदस्य डबल बहादुर शाहले एमसिसी सझौता राष्ट्रघाती रहेको बताए।नेकपाले आयोजना गरेको कार्यक्रम लाइ केन्द्रिय सदस्य डबल बहादुर शाहले सम्बोधन गर्दै “एमसिसि परियोजना लागु भएपछि देशमाथि ठुलो राष्ट्रघात हुने बताउनु भयो त्यसको प्रमाणित तथ्य भनेको कुनै परियोजनाको संसदले पास गर्नु पर्ने हुदैन तर एमसिसि पास गर्न नेपाल सरकार लागि पर्नु र सम्झौतामा लेखिएअनुसार नेपालको कानुनमा निहित नभइ सबै अमेरिका सरकारको मातहातमा रहनु भनेकोनै सरासर राष्ट्रघाति भएको पुष्टि भएको बताउनु भयो।

नेकपाले एमसिसी सम्झौताको विरुद्ध देशव्यापी बिरोध प्रदर्शन गरेको छ।सोही कार्यक्रम अनुसार नेकपा डोटीले शैलेश्वरी मन्दिरबाट नाराजुलुस सहित जिल्ला प्रशासन कार्यलय सिलुगढिमा अगाडि कोणसभामा परिणत भएको थियो। कार्यक्रमको संचालन जिल्ला सदस्य मोहन कठायतले गरेका थिए।

प्रकाशित मिति : २०७८ भाद्र २३ गते बुधवार