ट्रेन्डीङ्ग

सहिद स्मारक डिभिजन सि खेल्न अमर सिह क्लबको तयारी पुरा,असोज ११ गते नुवाकोट एफ सि संग भिड्ने

भदौ २१ काठमाडौ । काठमाडौ जारी सहिद स्मारक सि डिभिजन छनोट प्रतियोगितामा काठमाडौं पुर्बी भेग स्थित कागेश्वोरी मनहरा ७ को मुलपानी सोमतिर्थमा रहेको अमर सिंह क्लबको तयारी पूरा भएको छ ।
गत भदौ १० गते देखि सुरु भएको प्रतियोगिता अन्तरगत देशैभरिबाट प्रतिनिधित्व गर्ने कुल ७८ वटाक्लब मध्ये दावेदारी क्लबको रुपमा आफ्नो प्रस्तुती दिइरहेको जानकारी क्लबका ब्यबस्थापक सरोज थापाले जानकारी दिएका छन।अमर सिंह क्लबले आउदो असोज ११ गते नुवाकोट एफ सि र असोज १३ गते गोकर्णेश्वोर एफ सि सङ लिग चरणको खेल खेल्ने जानकारी क्लबका अफिसियल राजिव सिलवालले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?