ट्रेन्डीङ्ग

संसदीय व्यवस्थाले देश संकटमा पर्यो:ओम पुन

प्रकाश थापा,भदौ २०,कैलाली। नेकपा कैलाली जिल्लाको जनसम्बन्ध सुदृढ तथा संगठन विस्तार अभियान उदघाटन भएको छ। उदघाटन सभामा सम्वोधन गर्दै नेकपाका केन्द्रिय सदस्य ओमप्रकाश पुनले यो दलाल संसदिय व्यवस्थाको कारणले देश संकटमा परेको हुदा यसको अनिवार्य अन्त्यको आवश्यक्ता देखा परेकोले सम्पूर्ण न्यायपूर्ण जनसमुदायहरु एकजुट भइ वैज्ञानिक समाजवादको बाटोमा लामबद्ध हुनुपर्ने बताउनु भयो।

अहिलेका संसदिय दलालहरुले राष्ट्रियताको पछयमा बोल्नेमाथि प्रतिबन्ध लगाउन खोजको हुदा डटेर सामना गर्ने आफ्नो पार्टी तयार रहको र एम सि सि पास र भारतिय ज्यादतिको विरुद्धमा जुनसुकै मूल्यपनि चुकाउने बताउनु।

अर्का वक्ता केन्द्रिय सदस्य राम बहादुर चौधरी महानले यहि शक्तिलेनै जनयुद्द लडको र आजपनि निरन्तर क्रान्तिको आवश्यक्ता देखिएको हुदा जनता मालिक नहुदासम्म लडनु पर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा पुर्व जननिर्वाचित वडा अध्यक्ष सहित नेपाली काग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र र राप्रपा लगायत पार्टीबाट विद्रोह गरी सयको हाराहारीमा पार्टी प्रवेश गरेका छन।

कार्यक्रमको अध्यक्षता जिल्ला सेक्रेटरी दिपेन्द्र चलाउने गरेका थिए भने प्रमुख अतिथी केन्द्रिय सदस्य ओम प्रकाश पुन,अतिथीहरु केन्द्रिय सदस्य महान,विशेष जिल्ला सेक्रेटरी बिमल,साधारण शाखा सेक्रेटरी कमल,जनपत्रकार संगठन नेपाल सुप प्रदेश संयोजक प्रकाश थापा,अनेम संघ क्रान्तिकारी केन्द्रिय सदस्य विपना मल्ल र कञ्चनपुर पार्टी जिल्ला सचिवालय सदस्य राम भट्ट लगायतको उल्लेखनीय सहभागीता रहेको थियो।

कार्यक्रमको स्वागत मन्त्व्य जिल्ला सचिवालय सदस्य समुन्द्र र संचालन जिल्ला सचिवालय सदस्य गणेश रैकालले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?