ट्रेन्डीङ्ग

विप्लव नेकपाको सरकारलाई चेतावनी राष्ट्रियता कसैलाई भेटी चढाउन सकिदैन

भदौ २० काठमाडौ । विप्लव नेतृत्वको नेकपाले सरकारलाई चेतावनी दिँदै देश र राष्ट्रियता कसैलाई पनि भेटी चढाउन नसकिने जनाएको छ ।

केन्द्रीय जनपरिषका प्रमुख सन्तोष बुढामगरले आज विज्ञप्ति जारी गरी सरकारले एमसीसीतिर लक्षित गर्दै ‘विदेशी मित्र राष्ट्रहरूको सहयोगमा सञ्चालित आयोजनाका बारेमा नकारात्मक टिप्पणी नगर्न’ र ‘मित्र राष्ट्रहरूको विरोध गर्नेलाई सूक्ष्म निगरानी गरिनेछ’ भनी जनतालाई सूचनाको हकबाट कटाउने, विदेशी मित्र राष्ट्रहरूको सहयोगका नाममा जस्तोसुकै राष्ट्रघाती सन्धिसम्झौता गरे पनि यसलाई चुपचाप सहने र नेपाल र नेपाली जनताको अस्मिता निर्बाध लुट्न दिने षड्यन्त्र गरेको पनि प्रस्ट पारेको छ । जनपरिषद्ले भनेको छ, ‘यो घोर दलाली र राष्ट्रिय आत्मसमर्पणवादको परिचायकभन्दा अरू केही होइन ।’

जनपरिषद् प्रमुख सन्तोष बुढामगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यही शुक्रबार गृह मन्त्रालयले एमसीसीतिर लक्षित गर्दै ‘विदेशी मित्र राष्ट्रहरूको सहयोगमा सञ्चालित आयोजनाका बारेमा नकारात्मक टिप्पणी नगर्न’ र ‘मित्र राष्ट्रहरूको विरोध गर्नेलाई सूक्ष्म निगरानी गरिनेछ’ भनी प्रेसविज्ञप्ति सार्वजनिक गरेको विषयमा हाम्रो ध्यानाकर्षण भएको छ । गृह मन्त्रालयले अमूर्त भाषामा एमसीसीतिर लक्षित गर्दै ‘यसको विरोध गर्नेलाई सूक्ष्म निगरानी र कानुनी कारबाही गर्ने’ भन्नुको अर्थ जनतालाई सूचनाको हकबाट कटाउने, विदेशी मित्र राष्ट्रहरूको सहयोगका नाममा जस्तोसुकै राष्ट्रघाती सन्धिसम्झौता गरे पनि यसलाई चुपचाप सहने र नेपाल र नेपाली जनताको अस्मिता निर्बाध लुट्न दिनेभन्दा अर्को अर्थ लाग्दैन । यो घोर दलाली र राष्ट्रिय आत्मसमर्पणवादको परिचायकभन्दा अरू केही होइन ।’

विज्ञप्तिमा भनिएको छ, ‘हामी भन्छौँ– नेपाल नेपालीहरूको हो । हामी नेपालमा स्वतन्त्र भएर बाँच्न चाहन्छौँं । त्यो हक हामी नेपालीहरूमा छ । हामी कुनै मित्र राष्ट्रको सहयोगका नाममा देश र राष्ट्रियता कसैलाई पनि भेटी चढाउन चाहन्नौँ । निःस्वार्थ र स्वच्छ आत्माले नेपाल र नेपाली जनताको विकास र प्रगतिका लागि कुनै पनि मित्र राष्ट्रले दिने सहयोगप्रति हामी नकारात्मक छैनौँ तर एमसीसी त्यसरी नेपालीहरूको विकास र समृद्धिका लागि नभएर नेपाली जनताको सार्वभौमिकता र स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो । यो सम्झौता नै असल नियतका साथ आएको छैन् । यसको पछाडि गहिरो षड्यन्त्र छ । हामी यो दुर्नियतको घोर विरोध गर्छौंं र गृह मन्त्रालयको त्यो वक्तव्य फिर्ता लिन आग्रह गर्दछौँ ।’ प्रेस विज्ञप्तिको पूर्णपाठ….

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?