ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)द्वारा आयल निगम भलवारी डिपोमा धर्ना,मुल्यवृद्धि यथासिघ्र घटाउन माग

भदौ १८ रुपन्देही।अखिल(क्रान्तिकारी)ले रुपन्देहीमा रहेको आयल निगमको भलवारी कार्यलय धर्ना कार्यक्रम गरेको छ ।

क्रान्तिकारीको केन्द्रिय कार्यक्रम अनुसार लुम्बिनी क्षेत्रीय समन्वय समितिको आयोजनामा पेट्रोलिय पदार्थ मुल्य वृद्धिको बिरोध गर्दै रुपन्देही जिल्लाको भलवारी स्थित आयल निगमको लुम्बिनी प्रादेशिक कार्यलय टैंकर सेनिटाइजेसन गेट अगाडि उक्त धर्ना कार्यक्रम भएको हो ।कार्यक्रममा अखिल (क्रान्तिकारी)केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र विकले सरकारले अन्तराष्ट्रिय मूल्य समायोजनको नाममा पटकपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको र त्यसको सास्ती आमनेपाली जनताले खेप्नु परेको बताए ।

बिकले पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तुको निरन्तर मूल्यवृद्धि हुँदा जनता आजित भएको र त्यसले श्रमजीवी वर्गमा विशेष प्रभाव पारेको बताए ।उनले मूल्यवृद्धि तत्काल खारेज नगरे आफ्नो सङ्गठनले देशव्यापी रुपमा आन्दोलनको आँधीबेरी सिर्जना गर्ने बताए ।आमउत्पीडित जनताको पक्षमा,श्रमजीवी वर्गको पक्षमा,विद्यार्थीको पक्षमा न्यायपूर्ण आवाज बुलन्द गर्ने एकमात्र विद्यार्थी सङ्गठन आफ्नो सङ्गठन भएको बताए। उनले आयल निगमका दलालहरू होसियार रहन समेत चेतावनी दिए ।

विकले दलाल पुँजीवादी संसदीय व्यवस्था जनताको व्यवस्था नभएको भन्दै वैज्ञानिक समाजवादी राज्यसत्ताको निर्माण अनिवार्य भएको बताए । उनले आफ्नो पार्टीले विकास गरेको नयाँ कार्यनीति अन्तर्गत संयुक्त प्रगतिशील सरकार निर्माण गरि जनमत सङ्ग्रहको घोषणा गर्न माग गरे । उनले वर्तमान नेपाली राजनीतिमा देखिएको सबै संकटको निकास वैज्ञानिक समाजवाद भएको भन्दै आमनेपाली जनसमुदाय लाई वैज्ञानिक समाजवादको पक्षमा जनमत निर्माण गर्न अपिल गरे ।धर्ना कार्यक्रममा पेट्रोलियम पदार्थमा पटक-पटक गरिएको मूल्यवृद्धि खारेज गर!,दलाल संसदीय व्यवस्था मुर्दावाद!,वैज्ञानिक समाजवाद जिन्दावाद!,जनमत संङ्ग्रहको घोषणा गर!,नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद !,अखिल (क्रान्तिकारी)जिन्दावाद!,आयल निगमका दलालहरू होसियार ! लगायतका नाराहरू लगाइएको थियो ।

कार्यक्रममा नेकपा रुपन्देही जिल्ला सदस्य सन्देश,अखिल (क्रान्तिकारी)अर्घाखाँची जिल्ला इन्चार्ज नविन खड्का,कपिलवस्तु जिल्ला अध्यक्ष विज्ञान क्षेत्री,गुल्मी अध्यक्ष विकल्प खत्री,रुपन्देही अध्यक्ष इन्दु वली,अर्घाखाँची जिल्ला अध्यक्ष बाबुराम एसके,रुपन्देही जिल्ला सदस्य पवन ज्ञवाली लगायत बुद्धिजीवी,सुरक्षाकर्मी,यातायात व्यवसायीको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन अखिल(क्रान्तिकारी)रुपन्देही जिल्ला अध्यक्ष इन्दु वलीले गरेकि थिइन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal