ट्रेन्डीङ्ग

घुस माग्ने नेकपा माओवादी केन्द्रका कार्यकर्ता पक्राउ

भदौ १७ काठमाडौं ।

प्रहरी हिरासतमा रहेका थुनुवालाई ‘छुटाउँछौँ’ भनेर घुस माग्ने नेकपा माओवादी केन्द्रका दुईजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूको हिरासतमा रहेका जुवाडेहरुलाई छुटाउँछौँ भनेर कालिकोट घर भएका तिलक बहादुर उपाध्याय र रोल्पाका दत्त बुढाले घुस लिएको अनुसन्धानबाट खुलेको काठमाडौं परिसरका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।

उपाध्याय माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य हुन् । रोल्पा घर भएका दत्त पूर्व विद्यार्थी नेता हुन् ।

जुवा खालबाट पक्राउ परेकाहरूसँग उनीहरुले ३ लाख नगद लिएका थिए । डिएसपी, सिडिओ र सरकारी वकिललाई ‘मिलाउनुपर्छ’ भनेर घुस लिएको हिरासतमा रहेकाहरूका आफन्तले सुराक दिएपछि प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बुधवार उनीहरुलाई पक्राउ गरेको हो । घटनाबारे महानगरीय प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?