ट्रेन्डीङ्ग

रामग्राम नगरपालिकाद्वारा बाढीपीडित क्षेत्रमा घुम्ती स्वास्थ्य शिविर

भदौ १५ परासी ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले समुदाय स्तरमा बाढी प्रभावित ब्यक्तिहरुको निःशुल्क स्वास्थ्य परिक्षण परिक्षण तथा पानी नार्मलीकरणको लागि क्लोरिन चक्की वितरण गरेको छ।

पालिकाको स्वास्थ्य शाखाका रेपिड रेस्पोन्ज टीमले उक्त क्षेत्रमा बाढीको दुर्गन्ध र दुसित पानी सेवनका कारण स्वास्थ्यमा समस्या देखिएका ब्यक्तिहरुको घुम्ति स्वास्थ्य शिबिर गरेर स्वास्थ्य परिक्षण गरि उपचार सेवा प्रदान गरिरहेको हो ।

बाढी आएपछि पानीको मुहानहरू दुषित हुदा सरसफाइ तथा शुद्ध पानीको अभावमा विभिन्न महामरी जस्ता रोगहरुको संक्रमण बढ्ने सम्भावना रहेकाले बिपद ब्यवस्थापन समितिले तत्काल सचेत गराउन र उपचार सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरुको यस्तो टीम तयार गरेको पालिका नगर प्रमुख श्री नरेन्द्र कुमार गुप्ता ज्यूले जानकारी दिनु भयो।

घुम्ती स्वास्थ्य शिबिरबाट रामग्राम नपा अन्तर्गत वडा नं.१८ को बाढी प्रभावित क्षेत्र पंडितपुर,पम्पापुर र धरमपुर गरि जम्मा ३२० जनाको स्वास्थ्य जांच तथा उपचार भएको स्वास्थ्य शाखाको हेल्थ असिस्टेन्ट श्री सुरज हरिजन ज्यूले जानकारी दिनुभएको छ।

उक्त शिबिरमा उपचारको लागि विशेष गरि भाइरल ज्वरो,रूधाखोकी तथा झाडापखाला लगायतका विरामीहरू आएका थिए।

स्वास्थ्य शाखा प्रमुख रामनरेश रायको नेतृत्वमा उक्त टीमले १३ गते आइतबार रामग्राम-१ सहुवाटिकर ११० जना बाढी प्रभावितलाइ स्वास्थ्य उपचार गरेको थियो र बाढी प्रभावित सबै वडाहरुमा उपचार सेवा प्रदान गर्ने र रोगहरु प्रती सचेत गराइ पानी निर्मलिकरणको लागि क्लोरिन चक्की वितरण गर्ने छ।

बाढी प्रभावित गाउँ गाउँमा स्वास्थ्यमा समस्या देखिएका बाढी पिडित ब्यक्तिहरुलाइ निःशुल्क रुपमा घुम्ती शिविरबाट उपचार सेवा प्रदान गर्दा स्थानीयले कामको प्रसंशा गरेका छन। साथै यो सेवा निर्न्तर चलिरहोस स्थानीयको माग छ।

यो स्वास्थ टीमले बाढिको प्रकोपले उत्पन्न हुने विभिन्न रोगहरुको बारेमा आम नागरिकलाई सचेत गराउने, सरसफाइमा ध्यान दिन आग्रह गरेका छन , क्लोरिन चक्की वितरण गर्ने तथा उपचार सेवा निरन्तर प्रदान गर्ने नगर प्रमुख गुप्ताले जानकारी दिनु भयो।

नगर प्रमुख गुप्ताको विशेष पहलमा यस रामग्राम नगरपालिका द्वारा वितरण गरिएको निःशुल्क क्लोरिन चक्की कार्यक्रमले बाढी पहिरो पश्चात समुदाय स्तरमा दुषित पानीबाट फैलिने महामारी रोगहरू नियन्त्रण हुने र यसले नगरबासीको स्वास्थ्यमा ठुलो भुमिका खेल्ने सुक्रौली स्वास्थ्य चौकी प्रमुख श्री बलराम सापकोटाले जानकारी दिनु भएको छ ।यसको वितरण क्षेत्र बढाउनको लागि भोलीबाट यस रामग्राम नगरपालिका अन्तर्गतका सम्पुर्ण स्वास्थ्य संस्थाहरूबाट वितरण गरिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?