ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)कपिलवस्तुद्वारा शुल्क खाजेरिको माग गर्दै विभिन्न विधालयमा मागपत्र बुझायो

कपिलवस्तु संवाददाता । विप्लव नेतृत्व नेकपा निकट अखिल (क्रान्तिकारी)कपिलवस्तुले शुल्क खारेजीको माग गर्दै जिल्लाका विभिन्न विद्यालयहरूमा मागपत्र बुझाएको छ ।

संगठनले विभिन्न बहानमा शुल्क लिने सामुदायिक बिधालय शुल्क खारेजीको माग गर्दै माग पत्र बुझाएको छ।संगठनका जिल्ला बिज्ञान क्षेत्रीद्वारा हस्ताक्षरित मागपत्रमा संविधान २०७२ मा उल्लेख भएको आधारभूत तह सम्मको अनिवार्य शिक्षा र माध्यमिक तह सम्मको शिक्षा निशुल्क पाउने व्यवस्था कार्यनयन गर्न र बिधालय प्रशासनले मनपरि ढंगले शिक्षक नियुक्ति गर्ने कार्य तत्काल रोकि योग्यता र क्षमताको आधारमा शिक्षक नियुक्त गर्न माग गरेको छ ।

संगठनले पुर्वघोषित कार्यक्रम अन्तर्गत आज जिल्लाका मुख्य १३ वटा बढी शुल्क लिने बिधालयहरुमा,जनता मा बि ( पिपरा ), बाणगङगा माबी ( गजेडा),बाणगङगा मा बि (बोडगाउ,भृकुटी माबी( बुड्डी),श्री माबि (इमिलिया),गौतम बुद्ध माबि(गोरुसिङ्गे), सिदार्थ स्मारक (भेलाइ),राष्ट्रिय माबि(चनौटा),नेपाल आदर्स मा बि (शिवपुर),राम गोरखा मा बि(बहादुरगन्ज)लगायत विभिन्न बिधालयमा २ बुदे माग पत्र बुझाएको अध्यक्ष क्षेत्रीले बताए।विज्ञप्ति :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal