भदौ ३ सुनवल ।नेपाल स्काउट सुनवल नगर कमिटिले एस एम एस कोरोना सम्बन्धी जनचेतनामुलक कार्यक्रम सुनवल १२ भुमही र सुनवल ५ बनकट्टि चोकमा सम्पन्न गर्यो।

नगर संयोजक हरि कुमार ढकालको अध्यक्षमा र नेपाल स्काउट लुम्बिनी प्रदेश सदस्य मुकुन्द सुचिकारको प्रमुख आतिथ्यतामा कोरोना सम्बन्धी जनचेतना मुलक कार्यक्रममा सुचना प्रवाह सङ्गै माक्स बितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रदेश सदस्य सुचिकारले स्काउट मर्म दायित्व र कोरोनाले पार्न सक्ने असरको विषयमा र संयोजक ढकालले कार्यक्रम बारे प्रकाश पार्दै जनचेतना मूलक मन्तव्य राख्नुभयो।

कार्यक्रमले SMS अर्थात सामाजिक दुरि,माक्स,स्यानिताइज(निर्मलिकरण)बाट मात्र कोरोना सङ जुध्न सकिने र खोपको महत्त्व लागायतका कोरोना सम्बन्धी जनचेतना फैलाउने काम गरेको र अझै निरन्तर गर्ने सदस्य  बिक्की डुम्रेले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २०७८ भाद्र ३ गते बिहिवार