ट्रेन्डीङ्ग

सुशील कोईराला सोसलिस्ट युथ सर्कल सुनवल कार्यसमितीको आयोजनामा फुटसल प्रतियोगिता सम्पन्न

सागर पौडेल साउन २३ नवलपरासी ।

सुशील कोईराला सोसलिस्ट युथ सर्कल सुनवल कार्यसमिती को आज रामनगर एकोडमी फुटसल ग्राउन्ड सुनवल -१२ भुमहीमा फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

सुशील कोईराला सोसलिस्ट युथ सर्कल सुनवल कार्यसमितीका अध्यक्ष विशाल पौडेलको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथी सुनवल नगरपालिकाका नगरप्रमुख भिम बहादुर थापा क्षेत्री , बिशिस्ट अतिथी सुनवल नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष यमलाल पाण्डेय , विशेष अतिथी नेपाल तरुण दल केन्द्रिय सदस्य कृष्ण नारायण श्रेष्ठ , एन्फा उपमहासचिब प्रकाश पङ्गेनी ,जिल्ला फुटबल संघ पश्चिम् नवलपरासीका अध्यक्ष धन प्रसाद गुरुङ को रहेको थियो । कार्यक्रममा खेलाडी ,बुद्धिजीवी ,पत्रकार ,सामाजिक अभियान्ता हरुको उपस्थित रहेको थियो ।

उपस्थित १२ टोलि मध्य ११ टोलि लाई पछि पार्दै सुनवल नेल्टाले ३ गोल हान्दै प्रथम हात पारेको छ भने तिरुपती एफ सि दोस्रो भएको छ ।तिरुपतिले पनि १ गोल हान्दै दोश्रो भएको हो ।

प्रथम पुरस्कार ८०००( आठ हजार )ट्रफी , मेडल र प्रमाणपत्र र
दोस्रो पुरस्कार ४५००( चार हजार पाच सय ) ट्रफी ,मेडल र प्रमाणपत्र रहेको थियो । प्रमुख अतिथी भिम बहादुर क्षेत्री ले पुरस्कार दिदै उपस्तिथि सबै टिम लाई हौशला दिदै जित्नु मात्र बिजेता होइन सहभागी हुनु नै जित्नु सरह हो भन्दै बिजेता टिम लाई बधाई दिनु भएको थियो ।

खेल समय अबधि भर खेलाडी मध्य सबै भन्दा उत्कृष्ट गोल किपर अफ टुर्नामेन्ट राईजिङ स्टार का खेलाडी माधब तिवारी र उत्कृष्ट खेलाडीका रुपमा नेल्टा टिमका मनोज श्रेष्ठ ले ट्रफी र प्रमाणपत्र पाएका छन भने कार्यक्रम सन्चालन मधुकर मल्ल ले गर्नुभएको सुशील कोइराला सोसलिस्ट जिल्ला कार्य समिती सचिब तपन कुमार केवट ले जानकारी दिनु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?