काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जनाएका थिए ।

राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : २०७८ साउन २३ गते शनिवार