साउन २० प्रदिप न्यौपाने,नवलपरासी ।गुल्मी जिल्लामा जन्मिएका पछिल्लो समयमा चर्चामा आएका पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ को तीज गीत पानी मरुवा–३ “करिम” को भिडियो सार्वजनिक भएको छ।

पानी मरुवा १ र २ बाट सफलता पाएका भण्डारीले यसपालिको तिजमा पानी मरुवा ३ करिम ल्याएका छन ।

सन्चारकर्मी तथा हास्यकलाकार पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’, लक्ष्मी तिवारी ‘तिवारी आमा’ रेनुका भट्टराई ,शान्ता परियार , शर्मिला अर्याल र मुस्कान घिमिरेको आवाज रहेको उक्त गितको लयशब्द पुरुषोत्तम भणडारी ‘पुर्खे बा’रहेको छ ।

‘पुर्खे बा’ नामक युट्युव च्यानलबाट भिडियो बजारमा आएको छ भने भिडियोमा पुरुषोत्तम भणडारी ‘पुर्खे बा’, लक्ष्मी तिवारी ‘तिवारी आमा’, रेनुका भट्टराई , यम पाण्डे लाई देख्न सकिन्छ ।भिडियो:

प्रकाशित मिति : २०७८ साउन २० गते बुधवार