ट्रेन्डीङ्ग

धनगढीमा दिनहुुँ बढ्दो अटो रिक्साको चाप

प्रदिप न्यौपाने साउन १९ धनगढी

केही समय यता धनगढी उपमहानगरपालिका भित्र अटो रिक्साको चाप बढेको छ । नगर भित्रको जुनसुकै ठाउमा पनि सजिलै लान र जान सकिने भएकाले यसको चाप बढेको हुन सक्ने स्थानिय बताउछन ।
यात्रु लाई सुबिधा त धेरै नै भएको छ तर यसको उचित व्यवस्थापन हुन नसक्दा सडक दुर्घटना पनि तिब्र रुप मा बढ्दो छ ।

पैदल यात्रा गर्ने मानिस लाई बाटो क्रस गर्न समस्या हुने गरेको छ । स्थानिय का अनुसार ठुला सवारी साधन भन्दा अटो नै धेरै हुन सक्ने मुल्यांकन गरेका छन ।
स्थानीय निकायले यसको ब्यबस्थापन गर्न नसकेमा दिनहुुँ सडक दुर्घटनामा परेर ज्यान गुमाउने को संख्या बढ्ने अनुमान छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?