ट्रेन्डीङ्ग

विप्लव नेकपाद्वारा रोल्पामा ३० रोपनीमा मास खेती

साउन १३, रोल्पा । ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले त्रिवेणी गाउँपालिकामा करिव ३० रोपनी खेतमा मास रोपेको छ ।

त्रिवेणी गाउँपालिका ६ मजुवामा जनयुद्धकाल देखि नै पार्टीको उपयोगमा रहेको करिब ५० रोपनी खेत मध्य ३० रोपनी खेतमा पार्टीको उत्पादनमा जोड दिने नीति अनुसार मास रोपाइँ गरेको हो ।
उक्त कार्यक्रमा नेकपाका जिल्ला तहका नेताकार्यकर्ता र युवा सङ्गठन, विद्यार्थी सङ्गठन लगायत जनवर्गीय सङ्गठनका जिल्ला तहका नेताकार्यकर्ताहरूको व्यापक सहभागिता भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?