ट्रेन्डीङ्ग

स्याङ्जाका रेग्मीद्वारा एनआरएनए क्यानडाको‘बोर्ड सदस्य’मा उम्मेदवारी दिने घोषणा

साउन ३ काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन) क्यानडाको २०२१ – २०२३ कार्यकालका लागि आगामी जुलाई ३१ मा हुन लागेको निर्वाचनमा सदस्य पदको लागी एड्मन्टन क्षेत्रवाट कृष्ण रेग्मीले उम्मेदवारी दिने भएका छन्।

रेग्मीले शनिवार सामाजीक संजालमा लेख्दै नेतृत्वको दाबी गर्ने बताएका हुन् ।उनले लामो अनुभव र क्षमताका आधारमा नेतृत्व पाउनु पर्ने दाबी गरेका छन् ।

सामाजीक कार्यहरुमा संधै अग्रसर भूमिकामा देखिएका स्याङ्जाका रेग्मीले दोहोरो नागरिकता, नेपालमा क्यानेडियन दूतावास स्थापना, गैरआवासीय नेपाली संघ क्यानडामा निर्वाचन प्रणालीमा सुधार ,नयाँ आप्रवासी, विद्यार्थी केन्द्रीत कार्यक्रम एवं रोजगारीका लागि सहजीकरण गर्ने समेत उल्लेख गरेका छन् ।

विश्वमा नेपाली संघको सञ्जाल निकै शक्तिशाली भएको भन्दै आगामी दिनमा विश्वभर छरिएका राष्ट्रिय समितिलाई अझ सशक्त बनाएर लैजाने उनले बताएका छन् ।

लामो समय क्यानाडामा बसोबास गर्दै आएका रेग्मीले एनआरएनए विदेशमा बस्ने नेपालीको साझा संस्था भएको हुनाले संस्थामार्फत आफूले सिकेको र जानेको कुराको माध्यमबाट सेवा र सहयोग गर्नका लागि उम्मेदवारी दिएको जानकारी दिए ।

त्यस्तै आपतकालीन कोष, विपद् व्यवस्थापनलाई बलियो र सशक्तरुपमा अगाडी बढाएर लैजाने आफ्नो लक्ष्य भएको उनले बताए ।

(एनआरएन) क्यानडाको २०२१ – २०२३ कार्यकालका लागि आगामी जुलाई ३१ मा बोर्ड सदस्यका लागि निर्वाचन हुँदैछ । निर्वाचन नजिकिंदै गर्दा चुनावी प्रचारप्रसार र उमेदवारी घोषणाले अहिले तीव्रता पाएको छ ।

आगामी दुई वर्षे कार्यकालका लागि रेग्मी जस्तै डेढ दर्जन व्यक्तिले बोर्ड सदस्यको प्रत्यासीका रुपमा आफूलाई अगाडी सारेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?