ट्रेन्डीङ्ग

लोकसेवा विशेष:अन्तर्राष्ट्रिय संघसंस्था सम्बन्धि महत्त्वपूर्ण प्रश्नोतर

१) संयुक्त राष्ट्र संघको स्थापना कहिले भयो ?
– सन् १९४५ अक्टुवर २४
२) अन्तर्राष्ट्रिय न्यायालयको प्रधान कार्यालय कहाँ छ ?
हेग, नेदरल्यान्ड
३) संयुक्त राष्ट्रसंघका महासचीवले भाग लिन नपाउने संयुक्त राष्ट्र संघको अंग कुन हो ?
अन्तर्राष्ट्रिय न्यायालय
४) Structural Adjustment Programmed (SAP) कार्यक्रम सञ्चालन गर्ने संस्था कुन हो ?
विश्व वैंक
५) विश्व हुलाक संघ (Universal Postal Union) को नेपालले कहिले सदस्यता प्राप्त ग¥यो ?
वि.सं. २०१३
६) संयुक्त राष्ट्रसंघको झण्डा कहिलेदेखि प्रचलनमा ल्याइयो ?
सन् १९४७ अक्टोवर २० देखि
७) संयुक्त राष्ट्रसंघ अन्तर्गत आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) को क्षेत्रीय कार्यालय कतिवटा छन् ?
५ वटा
८) संयुक्त राष्ट्रसंघको बजेट निर्धारण गर्ने काम कसको हो ?
महासभा
९) नेपालको कला तथा संस्कृतिको संरक्षणमा सबैभन्दा बढी योगदान पु¥याएको अन्तर्राष्ट्रिय संस्था कुन हो ?
UNESCO
१०) नेपालले कहिले सुरक्षा परिषदमा रही विश्वमा शान्ति स्थापनामा सहयोग पु¥याएको थियो ?
सन् १९६९-७० मा र पुनः १९८८-८९
११)UNO को पहिलो विशिष्टीकृत संस्था कुन हो ?
– ILO
१२) UNO को ५१ औंं संस्थापक सदस्य राष्ट्रका रूपमा हस्ताक्षर गर्ने राष्ट्र कुन हो ?
पोल्याण्ड
१३) संयुक्त राष्ट्र संघको कार्यालयमा प्रयोग गरिने भाषाहरू कुन कुन हुन् ?
अंग्रेजी र फ्रेन्च
१४) An Agenda for Peace प्रतिवेदन पेश गर्ने UNO का महासचीव को हुन् ?
– डा.वुत्रोस वुत्रोस घाली
१५) संयुक्त राष्ट्र संघको अंगहरू मध्ये हाल Function Lees भएको अंग कुन हो ?
– जिम्मा जमानी परिषद
१६) अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघको प्रधान कार्यालय कहाँ रहेको छ ?
मन्ट्रियल, क्यानाडा
१७) विश्व हुलाक संघ (UPU) को प्रधान कार्यालय कहाँ छ ?
वर्न
१८)विश्व बैंकको स्थापना कहिले भएको हो ?
सन् १९४५ डिसेम्बर २७
१९) संयुक्त राष्ट्र संघद्वारा मानव अधिकार घोषणा पत्र कहिले जारी गरीएको हो ?
सन् १९४८
२०) राष्ट्र संघको स्थापना कहिले भयो ?
१० जनवरी १९२०
२०) “मानव तथा जीव समूह” नामक कार्यक्रम चलाउने संस्था कुन हो ? – UNESCO
२१) संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गर्ने पहिलो सार्क मुलुक भारत हो भने अन्तिम मुलुक कुन हो ?
वंगलादेश
२२)नेपाल सर्वप्रथम सदस्य वनेको संस्था कुन हो ?
ECAFE
२३)संयुक्त राष्ट्रसंघले सबैभन्दा पछि मान्यता दिएको भाषा कुन हो ?
अरबी
२४) Quite Revolution नामक कार्यपत्र कुन महासचीवले प्रस्तुत गरेका थिए ?
कोफी अन्नान
२५) संयुक्त राष्ट्र संघको सदस्य नभएता पनि खर्च व्यहोर्ने राष्ट्र कुन हो ?
होली सी
२६) सन् १४ डिसेम्वर १९५५ मा नेपाल लगायत १६ वटा राष्ट्रले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेका थिए, भने त्यस कार्यलार्ई के भनिन्छ ?
Package deal
२७) अन्तर्राष्ट्रिय मुद्राकोष (IMF) को पहिलो महिला प्रमूख को हो ?
क्रिस्टिना ल्यागार्ड (फ्रान्स)
२८)संयुक्त राष्ट्र संघको वजेटमा सबैभन्दा बढी योगदान गर्ने देशहरूको समूहलार्ई के भनिन्छ ?
Big Seven
२९) सूरक्षा परिषदमा सर्वप्रथम Veto प्रयोग गर्ने राष्ट्र कुन हो ?
वेलायत
३०) सूरक्षा परिषदमा सबैभन्दा बढी पटक Vetoप्रयोग गर्ने राष्ट्र कुन हो ?
सोभियत रुस
संकलन कर्ता:गरिमा वि.सी.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?