ट्रेन्डीङ्ग

विप्लव नेकपा श्रम र उत्पादनमा अगाडि बढ्दै,चितवनको विभिन्न क्षेत्र खेत रोपाइँ

साउन २ चितवन। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चितवनले आज भरतपुर महानगरपालिका २६ मा खेत रोपाइँ कार्यक्रम सम्पन्न गरेको छ।

“श्रम र उत्पादनमा आधारित पार्टी निर्माणकाे दिशामा अघि वढाैं ।” भन्ने उद्देश्यका साथ नेकपा चितवनले आज चितवन जिल्ला ईन्चार्ज सन्देश, सेक्रेटरी मिनप्रसाद सापकोटा, बिशेष कमिटी सदस्य महेश चौधरीको उपस्थितिमा खेत रोपाई कार्यक्रम सम्पन्न गरेको हो।

खेत रोपाइँ कार्यक्रममा नेकपाका स्थानिय नेताकार्यकर्ता सहित विभिन्न जनवर्गीय संगठनहरुको उत्साहजनक सहभागिता रहेको जिल्ला इन्चार्ज सन्देशले जानकारी दिए। साथै उनले भरतपुर महानगरपालिका पछि पुर्वी चितवन र माडी मा समेत खेत रोपाइँ कार्यक्रम राखिएको बताएका छन्न।

यस अघि नेकपाले केही दिन अगाडि भरतपुर महानगरपालिका ८ मा खेत रोपाइँ कार्यक्रम सम्पन्न गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?