ट्रेन्डीङ्ग

सुदूरपश्चिमका विभिन्न जिल्लामा स्वास्थ्य सम्बन्धी मुद्दामा प्रदर्शन

गणेश एसके,कञ्चनपुर,साउन १५।स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा शिक्षा क्षेत्रमा भई रहेको विकृतिको विरुद्धमा विप्लव नेतृत्व निकट अखिल(क्रान्तिकारी)ले अछाम ,बझाङ, कैलाली र कञ्चनपुर लगायत चार जिल्लामा शुक्रबार विरोध प्रदर्शन गरेको छ ।

‌अखिल (क्रान्तिकारी) केन्द्रिय समितिको नीति अनुसार वर्तमान राजनीतिक परिस्थितिमा बढ्दो विदेशी समाराज्यबाद,बदलिँदो राजनीतिक संकट,शैक्षिक विकृति लगायत विविध विकृति विसंगति विरुद्ध प्रदर्शन गरिसकेको र यसैको निरन्तरताको क्रममा अखिल (क्रान्तिकारी)का चार वटा जिल्ला समितिहरूले पनि शुक्रबार सम्पूर्ण नागरिक लाई निःशुल्क खोपको व्यवस्था गर्न , मनोमानी रुपमा निजी मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेजीको माग र आम स्वास्थ्य सम्बन्धी गरिएका दलालिकरण सम्बन्धीत विषयको विरुद्धमा प्रदर्शन गरेको छ ।

उक्त कार्यक्रम कैलाली,कञ्चनपुर,अछाम र बझाङमा उल्लेखनीय सहभागिताका साथ कार्यक्रम सम्पन्न गरेको सेती महाकाली ब्युरो इन्चार्ज वीरेन्द्र शाहले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?