ट्रेन्डीङ्ग

विप्लव र ओलि बीच भेटवार्ता

काठमाडौं , ५ साउन। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवसहित केही नेताहरू एमाले अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न आज उनको निवास बालकोट पुगेका छन।

भेटघाटका लागि पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य कञ्चन लगायतका नेताहरू ओली निवास बालकाेट पुगेका हुन्। अहिले बालकाेटमा भेटवार्ता जारी रहेको छ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा तीन बुँदे सहमति गरेर खुल्ला राजनीतिमा आएको नेकपाका सयौं कार्यकर्ता अझै जेलमा रहेका छन। सरकारले तीन बुँदे सहमति अनुरूप काम नगरेको भन्दै नेकपा सरकारसँग आक्रोशित भएको थियोे ।

यसअघि महासचिव विप्लव सहितका नेताहरूले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड , जनता समाजवादी पार्टीका अध्यक्ष एवम् पुर्व माओवादी नेता बाबुराम भट्टराई, एमालेका बरिस्ठ नतेता माधवकुमार नेपाल , क्रान्तिकारी माओवादीका महासचिव माेहन वैद्य किरण लगायतका उच्चस्तरीय नेताहरूसँग भेटघाट गरिसकेका छन्,। विप्लवले पालैपालो नेताहरू भेटघाट गर्न थालेपछि नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ।

संयुक्त प्रगतिशील सरकार निर्माण र जनमतसंग्रहकाे माग राखेकाे नेकपाले सरकारसँग गत फागुन २१ गते तीन बुँदे सहमति गरेको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?