ट्रेन्डीङ्ग

सवारीसाधनले मनपरी भाडा अशुल्दै,विप्लव नेकपाको युवा संगठनद्वारा नवलपरासिमा अनुगमन

साउन २ नवलपरासी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन राष्ट्रिय युवा संगठन नेपाल नवलपरासीले मनपरि भाडालिएको गुनासो सगै सवारीसाधनमा छड्के अनुगमन गरेको छ ।

युवा संगठन पश्चिम नवलपरासीले संगठनको केन्द्रिय कार्यक्रम अनुसार लामो तथा छोटो दुरीका सवारीको अनुगमन छड्के अनुगमन गरेको बताउदै यातायात व्यवसायीले यात्रु संग मनपरि भाडा असुलेको गुनासो बढेपछि युवाले अनुगमन गरेका हुन। पेट्रोलितम पदार्थको मुल्य वृद्धिको वाहाना देखाउदै सवारी साधनले न्युनतम आंचार संहिता समेत लागु नगरी मनपरी रुपमा यात्रुबाट गाडीभाडा लिएको पाइएको संगठन संयोजक बासुदेव पौडेल जानकारी दिए।

अनुगमनका क्रममा बढी भाडा लिने यात्रुको फिर्ता गराए सगै यात्रुले धन्यवाद व्यक्त गरेका थिए , पौडेलका अनुसार जिल्लाका युवा तथा विद्यार्थी एवं पार्टीका जिल्ला स्तरीय नेताहरुको उपस्थिति रहेको जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?