ट्रेन्डीङ्ग

वालिङलाई ४० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

तोलाकान्त बगाले

वालिङ, २७ असार ।

विभिन्न ब्यक्ति तथा संघ संस्थाले वालिङ नगरपालिकालाई ४० थान अक्सिजन कन्सन्ट्रेटरसहित नगद तथा स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

विश्वब्यापी महामारीकोरुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण वालिङ नगरपालिकाभित्र पनि तीब्र गतिमा फैलिएसँगै रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले सहयोगका लागि आब्हान गरे बमोजिम स्वास्थ्यसम्बन्धी सामग्रीहरु प्राप्त भएको हो ।

नगरपालिकाले गह्रौं प्राथमिक अस्पताल वालिङमा स्थापना गरेको आईसोलेसन सेन्टरमा प्रयोग गर्नका लागि देश तथा विदेशमा रहेका विभिन्न संघ संस्था तथा ब्यक्तिहरुले सहयोगस्वरुप उपलब्ध गराउनुभएको स्वास्थ्य सामग्रीहरुसहित नगद सार्वजनिक गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

“महामारीको रोकथाम तथा नियन्त्रणका लागि संस्थागत र ब्यक्तिगतरुपमा स्वास्थ्य सामग्री उपलब्ध गराएर सहयोग गर्नुहुने दाताहरुप्रति आभार ब्यक्त गर्दछु” नगर प्रमुख खाँणले भन्नुभयो, “दाताहरुबाट प्राप्त नगद तथा स्वास्थ्य सामग्रीहरुको अभिलेख राखी जानकारी दिनका लागि सार्वजनिक गरेका हौं ।”

दोस्रो भेरियन्टको सङ्क्रमणको शुरुआतसँगै नगरपालिकामा हालसम्म दाताहरुबाट नगद रु. ४५ लाख ४३ हजार १४२ सहयोग प्राप्त भएको छ ।

त्यस्तैगरी दाताहरुबाट प्राप्त भएका स्वास्थ्य सामग्रीहरुमध्ये अक्सिजन कन्सन्ट्रेटर १८ थान, आईसियूमा प्रयोग हुने ५ वटा सहित ३८ थान शैया, प्यासेन्ट मोनिटर ११ थान, अक्सिजन रेगुलेटर २६ थान, अक्सिजन सिलिण्डर ३६ थान (२० थान अस्पताल आँफैको र १६ थान सहयोग प्राप्त), पल्स अक्सिमिटर १३ थान, बेड साईड लकर २० थान, ह्विल चियर ८ थान, प्यासेन्ट ट्रली २ थान, अटोक्लेभ मेशिन एउटा हाल आईसोलेसनमा प्रयोगमा आएको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।

प्रयोगमा आएका बाहेक पल्स अक्सिमिटर २४ थान, अक्सिजन कन्सन्ट्रेटर २२ थान, थर्मल गन २० थान र ह्विल चियर ४ थान नगरपालिकाको स्टोरमा रहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal