ट्रेन्डीङ्ग

महँगी बिरुद्द अखिल(क्रान्तिकारी)कास्कीद्वारा बिरोध प्रदर्शन

रमाकान्त बास्तोला साउन ५ पोखरा ।
नेकपा निकट बिध्यार्थि संगठन अखिल ( क्रान्तिकारी ) कास्कीले बढ्दो महँगी र कालोबजारीको बिरुद्द बिरोध प्रदर्शन गरेको छ ।

राज्यले जनतामा अप्रत्याशित रुपमा कालोबजारी, भ्रष्टाचार को अन्त्य भन्दा जनतामा अधिक मुल्यबृद्दी गरेको भन्दै आज पोखराको मानबअधिकार चोक देखी प्लेकार्ड प्रदर्शन र र्याली सहित सरकारले गरेको महँगीका बिरुद्द बिरोध प्रदर्शन गरेको हो ।

पोखराको मानबअधिकार चोक देखी शुरु भएको र्याली बढ्दो महङ्गी नियन्त्रण गर, पेट्रोलियम पदार्थ, ग्यास लगायत मुल्यवृद्धि खारेज गर, कालोबजारीलाई कारवाही गर, गुणस्तरीय खाध्यान्न आपूर्ति गर, बिपन्नलाई सहुलियत कार्डको ब्यवस्था गर, लिपुलेक लिम्पियाधुरा सहितको नक्शा लागु गर अभिवावक माथि प्रकाशनले थोपारेको पुस्तक भार बन्द गर, बिध्यालय स्तरमा राज्यले तोकेको १०% छात्रवृत्ति लागु गर जस्ता दर्जनौ प्ले-कार्ड र नारा सहित महेन्द्रपुलमा पुगेर कोण सभामा परीणत भएको थियो ।

उत्त कोण सभालाई अखिल ( क्रान्तिकारी ) का केन्द्रिय सदस्य अटलले सम्बोधन गर्नुभएको थियो । सभालाई सम्बोधन गर्दै अटलले कालोबजारी गर्ने र शिक्षा क्षेत्रका शैक्षिक माफियाहरुलाई आँफुहरुले तह लगाउने चेतावनी दिनुभयो भने सम्बोधन कै क्रममा नेकपा कास्की जिल्ला सदस्य काजी गुरुङले `बा´को ठाउँमा देउवा आउँदैमा जनताको समस्याको हल नहुने बताउनु भएको थियो । यस्तै उहाँले थप्दै तमाम समस्याको हल र समाधान बैज्ञानिक समाजवाद नै रहेको उल्लेख गर्दै ब्यत्ति र दल भन्दा संसदीय ब्यवस्था की बैज्ञानिक समाजवाद भन्नेमा जनमत संग्रह गर्न र यसका लागी सबै नागरीकले मत मात्र दिने नभई मताधिकार प्रयोग गर्नुपर्ने तर्क राख्नुभयो ।

कोण सभालाईअखिल क्रान्तिकारी कास्कीका अध्यक्ष पुरण पुनले संचालन गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal