ट्रेन्डीङ्ग

नेता आदर्शलाई सचिवालय सदस्य बाँस्तोलाले गरे स्वागत

साउन ११, काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’लाई पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले स्वागत गरेका छन ।

बाजुरा कारागारमा झण्डैं दुई वर्ष लामो जेल बसेर सर्वोच्च अदालतको आदेशमा रिहा भई काठमाडौँ फर्केका नेता आदर्शलाई सोमबार आफ्नै निवासमा बास्तोलाले खादा ओधाएरा स्वागत गरेका हुन् । भेटमा नेता बास्तोला र आदर्शविच राजनैतिक तथा बैचारिक विषयमा छलफल समेत भएको थियो । भेटका क्रममा आदर्शले जेल बसाईका अनुभूतिहरु सुनाएका थिए ।

केहिदिन अघि नेता आदर्शलाई सो पार्टीका महासचिव विप्लवले पनि काठमाडौंमा स्वागत गरेका थिए ।

ओली सरकार र विप्लव नेकपाबीच सहमतिपछि प्रतिवन्ध फिर्ता भइसकेपछि धेरैं नेता कार्यकर्ताहरु रिहा भएपनि अझैं दर्जनौं नेता कार्यकर्ता जेलमैं छन् ।

अझै पनि भरत बम ‘रणवीर’ लगायत सयभन्दा बढी नेकपा–नेता–कार्यकर्ता झूट्टा मुद्दामा गैरन्यायिक बन्दी जीवन बिताइरहेका छन् ।

नेकपा महासचिव विप्लव विगत दुई सातादेखि विभिन्न राजनीतक पार्टीका नेताहरूसँगको भेटवार्तालाई तिब्रता दिईरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal