ट्रेन्डीङ्ग

कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख हमालको बदमासी,कमिसन लिएर योजना

असार २६,स्याङ्जा। कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले सर्वसाधारण किसान संग कमिसन लिएर योजना दिने गरेको जनगुनासो स्याङ्जामा व्यापक बढेको छ ।

सर्वसाधारण किसानलाई झुक्याएर योजना दिन्छु भनेर योजना दिने तर भुक्तानी दिने बेलामा माथि बाट सेटिङ् मिलाउनु पर्छ त्यसैले केही प्रतिशत कमिसन दिन दबाब दिएको स्याङ्जाका एक अगुवा किसान खगेन्द्र लामिछानेले बताए ।

लामिछानेले भने कार्यक्रम छ प्रस्ताव पेश गर्नुस् भनेर भनियो हामीले समुह मार्फत योजना सम्झौता गरेर कार्यक्रम सम्पन्न गर्यौं,तर भुक्तानी दिने बेला १५% कमिसन दिन दबाब दिएपछि बजेट निकासीमा समस्या उत्पन्न भएको दुखेसो गरेका छन् ।
यस्तै हमालले कृषि ज्ञान केन्द्र मार्फत वितरण गर्ने कृषिऔजार खरिदमा आफ्नो नजिकका व्यापारी मार्फत ल्याउन सेटिङ मिलाउने र त्यसमार्फत समेत मोटो रकम कमिसन स्वरुप लिने गरेको बुझिएको छ ।
हमालले कार्यलय आन्तरिक सञ्चालनमा समेत आफू अनुकूलमा चल्ने तथा आफूले भने अनुसार चल्ने कर्मचारीलाई भत्ता तथा सेवा सुविधाले प्रोत्साहन गर्ने तर नियम अनुसार चलिरहेका कर्मचारीलाई विना कारण धम्कीपूर्ण शैली देखाउने गरेको समेत बुझिएको छ ।

हाकिमले कतिपय काम जबर्जस्त कानुन विपरीत काम गर्न लगाउनु हुन्छ,हामीलाई मिल्दैन भन्छौं तर उहाँले दबाब दिने गरेको बुझिएको छ ।

यस विषयमा कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक बासु रेग्मीलाई जिज्ञासा राख्दा उनले स्याङ्जाका धेरै गुनासा आएको स्विकार्दै यस बारेमा छि्ट्टै एक्सन लिने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?