काठमाडौं। संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज भएको राष्ट्रपति कार्यालयले जनाएको छ। आईतबार दिउँसो सूचना जारी गर्दै संवैधानकि परिषद्को पहिलो संशोधनको अध्यादेश खारेज भएको जनाएको हो।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा २०७८ साउन २ गतेको मन्त्रीपरिषद्को निर्णयानुसार संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज भएको जनाएको छ। विज्ञप्ति:

प्रकाशित मिति : २०७८ साउन ३ गते आइतवार