असार २० पाल्पा ।विप्लव नेतृत्व कम्युनिस्ट पार्टी नवलपरासीला जिल्ला सेक्रेटरी धिरज रानालाई मातृशोक परेको छ। रानाकी ममतामयी आमा भिमकुमारी रानाको पाल्पा स्थिति रिब्दिकोट-२ देउराली निवासी ६९ बर्षको उमेरमा निधन भएको हो । रानाकी आमा भीमकुमारी लामो समयदेखि सुगर , प्रेसरबाट पीडित शनिबार बेलुकी आफ्नै घरमा मृत्यु भएको हो पारिवारिक श्रोतले जानकारी दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेकपाका नवलपरासी सेक्रेटरी धीरजकी आमा भीमकुमारी रानाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । आइतबार शोक वक्तव्य जारी गर्दै विप्लवले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै धीरज र उनको परिवारप्रति समवेदना व्यक्त गरेका हुन् ।विज्ञप्ति :

प्रकाशित मिति : २०७८ असार २० गते आइतवार