असार २१ कपिलवस्तु।विप्लव नेतृत्वको नेकपा निकट विधार्थी संगठन अखिल(क्रान्तिकारी)कपिलवस्तुले कोभिड-१९ बाट बच्न सम्पुर्ण जनतालाइ निशुल्क उपचार,भ्याक्सिनको माग गर्दै प्रदर्शन गरेको छ ।

जिल्लाको विभिन्न ठाउँमा संगठनले निरन्तर आम बिद्यार्थी ,जनताको पक्षमा आवाज उठाउदै आएको र निरन्तर खबरदार गर्दै जाने अभियान अन्तर्गत आज सम्पुर्ण जनताको स्वास्थ राज्य जिम्मेवार बन्न आह्वान गरेको छ । साथै कार्यक्रममा बोल्दै संगठनका जिल्ला अध्यक्ष बिज्ञान क्षेत्रीले ,राज्य जनता बचाउनुको सट्टा ,चरम शोषणमा लागेको र राजस्व असुली तिर केन्द्रित रहेको आरोप लगाउनु भयो । साथै उहाले सरकारले सम्पुर्ण जनतालाइ निशुल्क खोपको ग्यारेन्टी गर्न समेत माग गर्नु भएको छ ।

अध्यक्ष क्षेत्रीले फरक प्रसङ्गमा बोल्दै अबको निकास ,संसदीय अभ्यासबाट सम्भव नरहेकाले बिकल्पमा समाजवादी राज्य सत्ता स्थापना गर्नु पर्ने तब मात्र देश र जनतको मुक्ती सम्भव छ ,त्यसको लागि अब नेता चुन्ने चुनाब होइन व्यवस्था चुन्ने चुनाबमा जानू पर्ने ,जनतालाई आफ्नो अधिकार प्रयोग गर्न दिनुपर्ने गरि जनमत संग्रहमा जानू पर्ने बताउनु भएको छ ।

क्षेत्रीले संगठनले आगामी श्रावण सम्म विभिन्न कार्यक्रमको घोषणा गरेको बताउनु भयो । साथै कार्यक्रममा जिल्ला सदस्य सागर ,सपना ,बिस्नु लगायत नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०७८ असार २१ गते सोमवार