ट्रेन्डीङ्ग

लोकसेवा विशेष:वातावरण र दिगो विकास सम्बन्धि महत्वपूर्ण जानकारीहरु

वातावरण र दिगो विकास सम्बन्धि महत्वपूर्ण जानकारीहरु

• सन् 1972 डिसेम्बर 15 : UNEP को स्थापना, केन्याको नैरोवी

• सन् 1972 देखि जुन ५ लाई विश्व वातावरण दिवस मनाउने घोषणा

• सन् 1983 : ब्रुन्ट्ल्याण्ड कमिसन गठन

• सन् 1987 : ब्रुन्ट्ल्याण्ड कमिसन द्वारा our common future नामक प्रतिवेदन प्रस्तुत

• सन् 1992 मा ब्राजिलको रियो दि जेनेरियोमा संयुक्त राष्ट्रसंघिय वातावरण र विकास सम्बन्धी पृथ्वी शिखर सम्मेलन , 178 देशका राष्ट्र प्रमुख को सहभागिता , यसका प्रमुख विषयहरु : एजेन्डा- 21, जैविक विविधता महासन्धि, – जलवायु परिवर्तन, – वन संरक्षण ,

• सन् 1997 : क्योटो प्रोटोकल पारित , हरित गृह ग्यासको उत्सर्जन कटौती सम्बन्धी

• सन् 2005 क्युटो प्रोटोकल विश्वभरी लागू

• नेपालमा आठौं योजनाबाट दिगो विकास नीति लागू भयो

• दिगो विकास लक्ष्य संयुक्त राष्ट्र संघले सन् 2015 सेप्टेम्बर 27 मा पारित गरि 2016 देखि 2030 सम्मको लागि तय गरिएको

• 17 वटा लक्ष्य , 169 टार्गेट , 239 सुचक

• दिगो विकास शब्द प्रयोग गर्ने प्रथम व्याक्ती – वार्वरा वार्ड

• दिगो विकासको लागि ICIMOD ले संचालन गरेको कार्यक्रम : Nepal Net

• ICIMOD को स्थापना सन् 1983 डिसेम्बर 5 मा भएको थियो ।

• ICIMOD को प्रधान कार्यालय नेपालमा रहेको छ।

• Global -500 वातावरण सङ्ग सम्बन्धित पुरस्कार हो ,

• यो पुरस्कार पाउने पहिलो नेपाली कृष्ण कुमार पाण्डे हुन् ।

• नेपालमा वन क्षेत्रले ढाकेको भुभाग ४४.८ % रहेको छ ।

• ग्रीनबेल्ट मुभमेन्ट सुरुवात केन्या कि वाङ्गारी माथाई ले सुरु गरेकी थिइन

• वातावरण क्षेत्रको नोवेल पुरस्कार भनेर Goldman environment prize लाई चिनिन्छ

• वातावरण क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार Blue planet prize हो

• Galante conservation award प्राप्त गर्ने नेपाली डा. मुकेस चालिसे हुन

• IUCN को स्थापना सन् 1948 मा भएको हो

• यसको प्रधान कार्यालय स्विजरल्याण्ड को ग्ल्यान्डमा रहेकोे छ ।

• Green peace को स्थापना सन् 1971 मा भएको हो

• नेपाल IUCN को सदस्य सन् 1973 मा भएको हो

• हरितगृह प्रभावको अवधारणा ल्याउने बैज्ञानिक वेरिन जिन फेरियर हुन् ।

• CFC को उत्पादन डा. थोमस मिजले गरेका थिए

• अम्लवर्ष बारे सर्वप्रथम अवधारणा प्रस्तुत गर्ने व्याक्ती रवर्ट एङ्ग्स स्मिथ हुन ।

• Earth watch को स्थापना सन् 1971 मा भएको हो ।

• ओजन तहको खोजी J.C forman ले गरेका हुन, ओजन तहको क्षय लाई डोब्सन युनिट्मा नापिन्छ ।

• नेपालको सबैभन्दा पहिले स्थापित संरक्षण क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र हो

• विश्व बन्यजन्तु कोषको स्थापना सन् 1961मा भएको हो

• नेपाल प्रकृति संरक्षण कोषको स्थापना वि.सं २०३९ मङ्सिर २० मा भएको थियोे ।

• नेपालको कोसिटप्पु बन्यजन्तु आरक्ष लाई सन् 1987 डिसेम्बर 17 मा पहिलो पटक रामसार सुचीमा सुचिकृत गरियो।

• विश्व सम्पदा सुचिमा हालसम्म नेपालका १० सम्पदा सुचिकृत छन जसमा ८ सास्कृतिक सम्पदा र २ प्राकृतिक सम्पदा रहेका छन ।।

• नेपालमा संरक्षित स्तनधारी व्यन्यजन्तु २६ प्रकारका छन ।

• संरक्षित पंछि ९ र संरक्षित घ्रस्रने जन्तु ३ वटा रहेका छन ।

• नेपालमा हाल १२ वटा राष्ट्रिय निकुञ्ज, १ वन्यजन्तु आरक्ष, १ शिकार आरक्ष, ६ संरक्षण क्षेत्र समेत २० संरक्षित क्षेत्रले २३.४% प्रतिशत भुभाग ओगटेको छ ।

• चितवन रा. नि. को क्षेत्रफल 952.63 वर्ग कि.मि. रहेको छ ।

• चितवन रा. नि. को स्थापना वि.सं २०३२ सालमा भएको हो ।

• नेपालको दोश्रो र तेश्रो जनगणना को वृद्धि दर ऋणात्मक थियो

• नेपालमा वि.सं १९६८ बाट जनगणना सुरु गरिएको थियो ।

• वि.सं. २०७८ म हुन लागेको जनगणना १२ औ जनगणना हो

• यसको नारा : मेरो गणना , मेरो सहभागिता हो ।

• वि.स. २०२८ को जनगणनामा IBM 1408 कम्प्युटर को प्रयोग भएको थियो ।
विश्व वातावरण दिवस

• हरेक वर्ष जुन ५ मा मनाईने

• सन् २०२१ को नारा :- Ecosystem restoration

• आयोजक देश :- पाकिस्तान

• पहिलोपटक सन् १९७४ जुन ५ मा मनाईएको

• यसको नारा :- “एक मात्र पृथ्वी
विश्व सिमसार दिवस

• हरेक वर्ष फेब्रुअरी २ मा मनाइने,

• सन् 2021 को नारा : wetlands and water
जैविक विविधता दिवस

• हरेक वर्ष मे 22 मा मनाइने

• सन् 2021 को नारा :- ” We’re part of the solution ”

• सन 1996 बाट डिसेम्बर 29 मा मनाउन थालिएकोमा सन् 2000 देखि मे 22 मा मनाउन थालिएको
पृथ्वी दिवस

• हरेक वर्ष अप्रिल 22 मा मनाईन्छ

• सन् 2021 को नारा :- Restore our earth
संकलन कर्ता: गरिमा विसि

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?