ट्रेन्डीङ्ग

लकडाउनकाे चपेटामा गरिब जनता

म्यादी । ए सरकर के समस्याको सामाधान लकडाउन नै हो त। किन गरिबी जनताको पेटमा लात हान्ने कोसिस मात्र ह। लकडाउन तिनीहरुको लागि मात्र गर जो वर्षौंसम्म सम्म घर भित्र बसेर पनि खान पुग्ने गरि धन संकलन गरेका धनाध्य पूंजीपति छन। नेपालको अधिकांश जनता त गरिबीको रेखामुनि नै छन त्यही माथी वर्षौंदेखि को लकडाउन के सत्तामा रहेका टाउकेहरुकाे उदेश्य यही नै थियो। ती गरिबी जनताहरुको लागि न त रोजगारी नै सिर्जना गर्नै सक्यो न त बेरोजगारी भत्ता नै। सक्यै त तिम्रा सातौं पुस्ताका लागि सम्पती कुम्ल्याउन ।

हामी गरिब जनता रोगले भन्दा पनि भोकले मर्न लागि सक्यौ। हामीलाई काम गरेर खाने बाताबरण चाहियो सरकार हामी भोकले मर्न चाहानौ कतिपयको घरको चुलो निभेको किन बुझ्न सकेनौ राहत स्वरुप ग्यासको मूल्य घट्याे रे सहुलेतमा रासन आयोरे खै कहाँ आयो। गरिबी नेपाली जनता त पुर्व मेचीदेखि पश्चिम महाकाली सम्म फैलिएको छैनन र । काठमान्डौ सहरमा त ती धनाध्य पूंजीपती, आफ्ना घर भएकाहरु बस्छन् । तिनीहरुकै पहुँच पुग्ने मा मात्र सहुलियत किन। कतै कसैको घर छैन।वाहालमा बस्नेहरूले कसरी घरभाडा तिर्ने।

कतिपय घाइते, अपाङ्ग, असायहरु छन तिनीहरूको समस्या कसले बुझ्ने। कतिपय बालबच्चाका आमाहरु साहारा बिहिन छन
तिनिहरुको अभिभबकत्व कसले निर्वाह गरिदिने। यस्ताखालको समस्या भएका लाखौ जनताको मुखमा माड कसरी पारेको होला यो किन जान्न चाहान्नौं सरकार।
सरकारले सहयोग गर्नुपर्ने ठाउमा २/४ जना अभियान्ताको रुप देखाउनेहरु पनि त्यही ठुला ठुला शहरमा मात्र देख्न पाईन्छ त्यो पनि अहिलेको सामाजिक संजाल मार्फत। वास्तविक गरिब, दुखी,अशक्त बृद्दाहरुले कस्को आश गरेर बस्ने के अहिलेको सरकारको जनता त्यही ठुला शहरमा बस्ने धनाड्य पूंजीपतिहरु शहरीया मात्र हुन
कोरानाको बाहानामा गरिब जनतालाई भोकै मार्न नखोज सरकार कित गरिखाने बातावरण चाहियो कित उचित ब्यवस्थापन हुनुपर्यो।

लकडाउन मात्र समस्याको सामाधान हैन सुरक्षित भएर काम गर्ने बाताबरण भयो भने मात्र सहजता होला सरकार। लकडाउन खुकुलो पारिदेउ सरकार तिमीलाई प्रतिनिधि बनाउने गरिब जनता भोकै मर्न नपरोस।

स्थानीय सरकारको त झनै के कुरा गर्नु र कहि कतै खान नपाएका भोका नङ्गा निस्किहाले भने पनि लाठी चार्ज गर्नलाई प्रहरी प्रसासन खताइएको हुन्छन्। पोहोर सालको लकडाउन मा आएको राहत स्वरुप को रासन कुन प्रतिनिधि को घरमै सडेर अनुपयोगी भैसकेको र रातारात ट्याक्टरमा हालेर जङ्गलमा लगेर फ्याकिएको पनि सामाजिक संजालमा आए। यस्तै हुँदै जाने हो भने गरिब जनता कसरी बाच्ने ?
-माया बिस्वासिया म्याग्दी ।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?