ट्रेन्डीङ्ग

युनाईटेड मिसन टु नेपाल र एकीकृत विकास मञ्च बझाङद्वारा राहत वितरण

टेकेन्द्र बोहरा जेठ २० बझाङ ।युनाइटेड मिसन टु नेपाल र एकीकृत विकास मञ्च बझाङले जिल्लाको मष्टा गाउँपालिकामा राहत वितरण गरिएको छ ।

मष्टा गाउँपालिका वडा नं ३ का २२ जना , २ का २१, जना र ४ नं का २४ जना गरि जम्मा ६७ जना लाई राहत सामग्री वितरण गरिएको हो ।


बिहिवार एक कार्यक्रमका बिच गाउँपालिकामा अपाङ्गता भएका अति बिपन्न, एकल महिला र जेष्ठनागरिकहरुलाई दैनिक उपभोग्य सामाग्रीहरु प्रत्येक ब्यक्ति लाई २५ केजि चामल ,३ केजि दाल, २ केजि चिनी, २ केजि नुन, २ लिटर तेल, २ वटा नुहाउने साबुन र २ वटा लुगा धुने साबुन गरि प्रती व्यक्ति रु. ६८५ बराबरको सामग्री बितरण गरिएको बताईएको छ ।

मस्टा गाउँपालिकाका ३ वटै वडामा गरि जम्मा १ लाख ७९ हजार ८९५ बराबरको राहत सामग्री बितरण गरिएको बताईएको छ ।
यस्तै उक्त कार्यक्रममा मष्टा गाउँपालिका अध्यक्ष कर्ण बहादुर कठायत उपाध्यक्ष भगवती बोहरा, वडा अध्यक्ष टेक बहादुर कठायत युनाइटेड मिसन टु नेपाल परयोजना ब्यबस्थापक रामशरण श्रेष्ठ ,संचारकर्मी र सुरक्षाकर्मी उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal