ट्रेन्डीङ्ग

पश्चिम नवलपरासीको प्रतापपुरमा अवैध ४६ वटा खसी प्रहरिको नियन्त्रणमा

सागर पौडेल
असार ३ परासी ।
पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिका वडा नम्बर ४ दरखासेबाट १० लाख १२ हजार मुल्य बराबरको अबैध खसी प्रहरीले बरामद गरेको छ । भारतबाट अबैध रुपमा नेपाल ल्याउदै गरेको समयमा साढे १ बजे ४६ वटा खसि सिमा प्रहरी चौकी महेशपुर प्रहरीले बरामद गरेको हो ।

उक्त खसी मानिसले पैदल डोरीमा बाधी डोर्‍याई ल्याउदै गर्दा प्रहरीलाई देखेपछि खसिहरु सोही स्थानमा छोडी मानिस भागेका थिए । आवश्यक कारबाहीका लागी खसीलाई महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु लामाले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal