ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)लमजुङद्वारा ज्ञापन पत्र बुझायो,विधार्थीलाइ राहतको व्यवस्था गर्न माग

जेठ २४ लमजुङ ।
अखिल क्रान्तिकारी लमजुङले आज जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी होम प्रसाद लुइँटेललाई ज्ञापनपत्र बुझाएको छ ।

अखिल क्रान्तिकारीले ज्ञापनपत्र बुझाउने क्रममा शिक्षा,स्वस्थ्य, जनजिविका, लकडाउन फेरि पनि थप्ने नथप्ने र शिक्षक बासुदेब गिरिको स्वस्थ्य उपचारमा भएको समस्याका विषयमा छलफल गरेको र कोरोना संक्रमीतको निशुल्क उपचार गर्न पनि माग गरेका छौ साथै जिल्लामा भुकम्पले पारेको क्षति र भुकम्प पीडितलाई दिने राहतका बारेमा पनि छलफल गरेको क्रान्तिकारीका लमजुङ अध्यक्ष राजन साउदले बताए।

प्रमुख जिल्ला अधिकारी होम प्रसाद लुइँटेलले जिल्ला स्तरबाट समधान हुने सम्पुर्ण मागहरुको सम्बोधन गर्ने बताएका छन । अब असार देखि लकडाउन खुकुलो बनाएर लिने बताएका छन र प्रतेक भुकम्प पिडितलाई राहत बितरण गरिरहेको जानकारी गरेका छन । साथै उहाँले क्षति बारे अनुगमन गरि डाटा लिने गरेको र यदि कसैको घर पुर्ण रुपमा क्षति भएको छ भने जानकारी दिन पनि आग्रह गरेका छन ।

ज्ञापनपत्रको पुर्णपाठ…

श्री प्रमुख जिल्ला अधिकारी ज्यु,
जिल्ला प्रशासन कार्यालय लमजुङ
विषय :- ज्ञापनपत्र

हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) आफ्नो स्थापना कालदेखि नै राष्ट्रीयता, जनजिविका, जनतन्त्र, जनस्वास्थ्य र समग्र शैक्षिक सवालमा निरन्तर संघर्ष गर्दै आइरहेको कुरा सर्वविधितै छ । अहिले विश्व महामारिका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को यस विषम परिस्थितिमा जिल्ला को शैक्षिक , जनस्वास्थ्य तथा जनजिविकाको क्षेत्रमा काम गर्ने सम्बन्धित सरोकारवाला निकायहरुलाइ जिम्मेवार, जवाफदेही र कर्तव्यबोध गराउन हाम्रो गौरवशाली संगठन निम्न माग सहित यो ज्ञापनपत्र पेश गर्दछ ।

मागहरू :-
१. जिल्लामा रहेका सबै विद्यालयहरुले अनलाइन माध्यमबाट कक्षा संचालन गराइयोस ।

२. अनलाइन कक्षा पठनपाठनका लागि शिक्षक र बिद्यार्थीहरुलाइ आवश्यक भौतिक तथा प्राबिधिक सामाग्रीहरुको ब्यबस्था गरियोस् ।

३. विविध कारणले अनलाइन कक्षामा सहभागी हुन नसक्ने विद्यार्थीहरुका लागि प्रश्न उत्तर सहितको अभ्यास पुस्तिका तयार गरि सहज ढंगले अध्ययनको पहुँच सुनिश्चित गर्न पाठ्यक्रम तयार गरियोस् ।

४. दैनिक ज्यालादारी गर्ने मजदुर, कोठा भाडामा बस्ने विद्यार्थी, विपन्न विद्यार्थीहरुको परिवारलाई तत्काल राहतको ब्यबस्था गरियोस् ।

५. कोरोना भाइरसको संक्रमण बढ्दै गएको हुदा कोरोना परिक्षणको दायरा बढाई टोल टोलमा पिसिआर परिक्षणको व्यवस्थाका साथै कोरोना संक्रमीत बिरामीहरुको नि;शुल्क उपचारको व्यवस्था गरियोस् ।

६. देश नै रोग, भोग, र शोकमा डुबिरहेका बेला कृतिम अभाव सृजना गरि दैनिक उपभोग्य वस्तुको मुल्यमा वृद्धि गर्ने, कालोबजारी गर्ने , व्यापारी र नाफाखोरहरुलाई छानबिन गरि तत्काल कारबाही गरियोस् । साथै यश जिल्लाको सम्पुर्ण दैनिक उपभोग्य सामाग्री को मुल्य सुचि सार्वजनिक गरियोस् ।

७. निषेधाज्ञा समयावधिको शैक्षिक संस्थाहरुले असुल्ने शुल्क तथा भाडामा बस्ने विद्यार्थीहरुको कोठा भाडामा छुट गरियोस् ।
क्रान्तिकारी अभिवादन सहित !!!
………………
राजन साउद
अध्यक्ष
अखिल (क्रान्तिकारी) ,लमजुङ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?