नवलपरासी ।
जलवायु परिवर्तन भन्नाले विश्वव्यापी रुपमा तापमान र मौसमको स्वरुपमा लामो समयको अन्तरालमा आउने परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ।

जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो। जलवायु प्राकृतिक रुपमा नै परिवर्तनशील छ तर हालको जलवायु परिवर्तन , विश्वव्यापी तापक्रममा वृद्धिका कारण आएको हो‌ । पृथ्वीमा सौर्य विकिरण मार्फत सुर्यको विकिरण प्राप्त हुन्छ र त्यति नै विकिरण अन्तरिक्षमा फिर्ता पठाउँछ, जसले गर्दा पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर तर कुनै कारणले गर्दा विकिरण पृथ्वीमै रोकिन्छ र जसलाइ जलवायु परिवर्तन मान्न सकिन्छ। पछिल्लो १५० बर्षमा विश्वको तापक्रम १.८ °सेल्सियस ले बृद्धि भएको पाइन्छ यसको मुख्य कारणमा मिथेन, नाइट्स अक्साइड , कार्बनडाइअक्साइड, कोलोरोफोलोरो कार्बन जस्ता ग्यासको उत्सर्जन जसले हृरितगृह र असोज तहको बिनास गर्दछ र जसले गर्दा परावर्तित विकिरणहरुको वायुमण्डलमै रोकिन्छ र तापक्रम मा बृद्धि हुन्छ।सन १९६०को दशकपछि को अौध्योगिक विकास तथा जनसंख्या बृद्धिले ल्याएको नकरात्मक असरहरुका कारण पृथ्वीमा जलवायु परिवर्तन भएको पाइन्छ। मुख्यतः इन्धन (पेट्रोलियम पदार्थ) अत्याधिक प्रयोग र उत्सर्जित कार्बनडाइअक्साइ , मिथेन, कार्बन-मोनोक्साइड का कारण पृथ्वीमा तापक्रम वृद्धि भएको हो। पृथ्वीमा जलवायु परिवर्तनकस कारण सन १९०६-२००५ सम्ममा अौसत ०.७४° सेल्सियस तापक्रम वृद्धि भएको छ। त्यसै सन १९६१-२००३का विचमा समुद्र सतहमा प्रतिवर्ष १.८ मिलिमिटरले बृद्धि भएको छ र जलवायुमा आएको यस्तो अस्वाभाविक परिवर्तनका कारण समाजिक , आर्थिक, पर्यावरणीय र विकासका संरचनामा नकारात्मक असर परेको छ।

जलवायु असरका मुलकारण नेपाल जस्ता विकासोन्मुख देशहरू होइनन तर हालका दिनमा विश्व जलवायु परिवर्तनले हिमालय लगायत मानव जिवन , सामाजिक-आर्थिक विकास ष जैविक विविधता , पर्यटकिय क्षेत्रमा नकरात्मक असर पुग्न गएको पाइन्छ। जसको फलस्वरूप अतिवृष्टि , अनावृष्टि, बाढि , पहिरो, , हिमपहिरो, सुख्खा जस्ता प्राकृतिक विपतहरु देखा परेका छन। हिमाली क्षेत्रमा यसरि जलवायु परिवर्तनका कारणले प्रकृतिको अनुपम बरदानका रुपमा रहेका सुन्दर हिमताल र हिमनदीहरको सङ्कटका साथै विश्वको वातावरणीय सन्तुलन समेत प्रभाव परेको पाइन्छ । यसका साथै जलवायु परिवर्तनले साबिकको समयभन्दा पहिले नै विरुवामा फल लाग्ने , खेति वालि चाडै पाक्ने , चराले चाडै अण्डा पार्ने गरेको पाइन्छ। यसले गर्दा खाद्य चक्रमा असन्तुलन हुनगई सिङ्गो पारिस्थितिक पद्धति नै परिवर्तन हुने खतरा बढेको छ।उच्च पहाडी तथा हिमाली क्षेत्रमा बढेको गर्नुका कारण पहाडी तथा हिमाली क्षेत्रमा झिङ्गा , लामखुट्टे बढ्नुका साथै विभिन्न महामारीहरु फैलिन्ने चुनौती बढेको छ। जलवायु परिवर्तनले कृषि चक्रमा असन्तुलन ल्याइ उत्पादनमा ह्रास भएर भोकमरी को खतरा बढेको छ। यतिमात्रै नभइ बर्षाको प्रकार र तापक्रममा आएको परिवर्तनका कारण देशको विभिन्न ठाउँमा बाढि , पहिरो, खडेरी जस्ता प्राकृतिक प्रकोप प्रतेक वर्ष बढदो क्रममा छ।

नेपालमा प्रतिवर्ष औसत ०.०४ डिग्री सेल्सियस तापक्रम वृद्धि भइरहेको छ , नेपालमा २० वटा हिमताल कति खेर पुट्ने भन्ने खतरा रहेको छ। जसले मानविय तथा भौतिक पूर्वाधार मा नोक्सान पुर्याउने खतरा बढेको छ। यसले गर्दा हामिले ठुलो मात्रामा उर्जा सङ्कटको सामना गर्नु पर्ने हुन्छ। यसको संरक्षण सम्बर्धनका लागि हामिले चुरे पहाडको संरक्षणमा समेत तैति नै ध्यान दिनु पर्ने हुन्छ। लगातार रुपमा जथाभावी रुपमा भइरहेको चुरेको दोहनका कारण भु- सन्तुलनमा नै समस्या खडा गरेको छ।सन २००४को वातावरणीय प्रतिवेदनलाइ आधार मान्ने हो भने ६०% विश्वमा उत्सर्जन भएको कार्बनडाइअक्साइड वनजङ्गल ले खपत गरेको देखिन्छ तैसेले घरवरपर विरुवा रोप्ने , सडकको दाया बाया विरुवा रोप्ने जसले सुन्दरता समेत प्रधान गर्दछ‌ र वातावरणीय सन्तुलन कायम गर्न ठुलो मद्दत पुर्याउने छ । देशभरि नै वातावरण मैत्री यातायात प्रणालीको विकास गरि इन्धनको खपत मा भारि कटौति गर्न सकिन्छ। यसका साथै बैकल्पिक उर्जा को प्रयोग ल्याउनु पर्दछ जस्तै जलविद्युत, सौर्य उर्जा , बायोग्यास । हामि सबैले कार्बन उत्सर्जनलाइ कम गरेर दिगो जीवन शैलीलाइ अपनाई जलवायु परिवर्तनको सामना गर्न मद्दत पुर्याउनु पर्दछ। यतिमात्रैले सबै जलवायुका जोखिम रोक्न सकिदैन यसका लागि सरकारबाट अावश्यक निति नियम बनाइ कडाइका साथ लागू गर्नुका साथै जलवायु परिवर्तन सम्बन्धी जनचेतना जगाउने लगायत अन्य कार्यक्रम सञ्चालन गर्नु पर्ने हुन्छ। आफ्नो फोहोर आफै सम्हाल्दै: The 3 R’S ( Reduce, Reuse, Recycle) गर्नु जरुरी छ। विश्व वातावरण दिवस २००१को मुल नारा “नयाँ सोच र सिर्जना , प्राकृतिक प्रणालीको पुनस्र्थापना” को मुल आसयलाइ आत्मसाथ गर्दै आजैकै दिनबाट हामि सबैेले दिगो रुपामा जलवायु परिवर्तन कम गर्न लाग्नु जरुरी छ। जसरि आज सिङ्गो विश्व कोरोना कहरलाइ प्रास्त गर्न लागेको छ यसरि नै विश्वले जलवायु परिवर्तन रोक्न लाग्नु पर्ने दिखेन्छ होइन भन्ने जलवायु परिवर्तन कोरोना माहामारी भन्दा खतरा रहेको छ। यसका साथै विश्व वातावरण दिवस २०२१ को शुभकामना व्यक्त गर्दछु।
(लेखक: टेकेन्द्र पाठक सुदुरपश्चिमाञ्चल विश्व विद्यालय वातावरण संकाय विध्यार्थी तथा अखिल (क्रान्तिकारी) कन्चनपुर जिल्ला नेता हुन ।

प्रकाशित मिति : २०७८ जेष्ठ २२ गते शनिवार