ट्रेन्डीङ्ग

अखिल (क्रान्तिकारी)द्वारा जाजरकोटका गाउँगाउमा स्वास्थ्य परिक्षण तथा स्वास्थ्य सामाग्री वितरण

जेठ १३ जाजरकोट संवाददाता ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जाजरकोटले गाउँगाउमा स्वास्थ्य परिक्षण तथा स्वास्थ्य सामाग्री बितरण अभियान संचालन गरेको छ ।

क्रान्तिकारीले आज भेरी नगरपालिका ७ को दोकाना, डौँरिखोलामा स्वास्थ परिक्षण सहित माक्स, औषधि बितरण सँगै जनचेतना फैलाएको छ । प्रत्यक्षरुपमा जनताको घरमा पुगि स्वास्थ परिक्षण सहित माक्स, औषधि बितरण गर्दा जनताहरु हर्सित भएको अखिल (क्रान्तिकारी) जाजरकोट अध्यक्ष बिराजन शाही जानकारी दिनु भयो ।

अभियानका क्रममा स्थानीय भन्छन् “हामिले आशा भरोसा गरेर भोट दिएर जिताएका नेताहरु आफ्नै कुर्सिको लागि झगडा गरिरहेका छन् । हामी भाईरससँग लडाईँ लडिरहेका छौं तर हामिलाई यसरी भेट्न कोहि आएनन् हाम्रो लागि सरकार नै तपाईंहरु हो क्रान्तिकारीका उपाध्यक्ष दिपेन्द्र सिहंले बताए।”

तत्कालीन अवस्थामा कोरोना भाइरसको दोस्रो लहरले नेपाली समाजलाइ प्रत्यक्ष रुपमा आतंकित बनाइ आम जनसमुदायहरुलाइ थिलोथिलो पारिराखेको छ। आम जनताको आधारभुत आवश्यकता र प्रतिनिधित्व गर्ने सरकार जनता प्रतिको उत्तरदायीत्व गैरजिम्मेवारपन भइ सरकार भइ स्वास्थ्य क्षेत्रलाई कमाइखाने भाडोको रूपमा प्रयोग गरिरहेको अवस्था छ हामिले जनतालाई केही राहत होस भनी गाउगाउमा पुगेर स्वास्थ्य सामाग्री वितरण गरेको युवा संगठनका पुर्व अध्यक्ष खडक सिहंले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal