कोरोनाको समय छ छोरा भोज खान नजाउ भन्दै हुनुहुन्थ्यो बुवा।
लकडाउनलाई पुग्ने खाना उब्जाउन बारि खन्दै हुनुहुन्थ्यो बुवा।

आउ छोरा मलाई साथ देउ , बाजो जमिन फेरि उर्बर बनाउ भनेर ।
कोरोना ल्याउन सक्ने भोजका जन्ती गन्दै हुनुहुन्थ्यो बुवा।

कोरोना लाग्छ बाबू तिमी नजाउ सबै परिवारलाई सर्छ भनेर।
भयावह स्थिती पहिले देख्न सक्ने बन्दै हुनुहुन्थ्यो मेरो बुवा।

मैले नटेरि भोज खान गएपछी कतै सन्क्रमित सबै भइन्छकि भनी।
चिन्ताले टाेलाउदै एकटक भइ मन्द मन्दै हुनुहुन्थ्यो बुवा।
– गजल  गणेश भुसाल , वालिङ स्याङ्जा

प्रकाशित मिति : २०७८ जेष्ठ १ गते शनिवार