ट्रेन्डीङ्ग

प्यालेस्टाइनि ईतिहास र नेपालले सिकनुपर्ने पाठ

विश्वमा सबै प्राचीन धर्म मध्य एक यहुदी पनि हो । यो धर्मको ईतिहास आज भन्दा करिब तीन हजार बर्ष पुरनो मानिन्छ । यहुदी धर्मको सुरुवात यरुसेलेम सहर बाट भयको मानिन्छ । जुन अहिले इजरायलको राजधानीका रुपमा रहेको छ । यरुसेलेम सहरमा यहुदी , इसाइ , इस्लाम धर्मका पबित्र धार्मिक स्थल रहेका छन । यहुदी धर्मको सुरुवात पैगम्बर अब्राहमले गरेको मानिन्छ । पैगम्बर अब्राहमलाई इसाइ , स्लाम , र यहुदीका मानिसहरु ईश्वर दुतका रुपमा लिन्छन । पछि यहुदी धर्मबाट नै इसाइ र स्लाम धर्म बनेको मानिन्छ । पैगम्बर अब्राहमका छोरा आइजेक नाति याकुब ( ज्याकव) अर्को नाम इजराइल थियो । याकुवका बार छोरा र यक छोरी थिइन । बार छोराले आ आफ्नो अलग यहुदी परियार बनायर बसे पछि याकुवले यी बार यहुदी परियारलाई मिलाएर एक नया राज्य बनाए । याकुवको एक छोराको नाम यहुदा थियो । जसका कारण उनको परियारलाई यहुदी बनाय अनि बोल्ने भासा हिब्रु , धर्म ग्रन्थ तनक बनाइयो । आज भन्दा करिब बाईस सय बर्ष पहिले यरुसेलेममा यहुदी राज्य अस्तित्वमा आयको थियो जसमा साउल , इस्वाल, डेबिड , सोलोमन जस्ता प्रसिद्ध राजा भय । सोलोमन पछि राज्यको बिस्तारै पतन हुन लाग्यो । सयुक्त इजराइल दुई भागमा बिभाजन भएर इजरायल र जुहाद हुन पुगे त्यस पछि ऐस्वर्या साम्राज्यले यरुसेलम सहरमा हमला गर्यो , हमला पछि यहुदीका बार परियार तितरबितर हुन पुगे । इसा पुर्ब ७२ मा रोमन साम्राज्यको हमला पछि सबै यहुदी दुनियाभरी छरियर बसे । हमलामा यहुदीको किङ डेबिट मन्दिरलाई पनि धोस्त बनाइयो । जुन हमला बाट मन्दिरको एउटा पर्खाल मात्रै बचेको थियो जो आज पनि यहुदीहरुका लागि सबै भन्दा पबित्र तिर्थस्थल मानिन्छ । जसलाइ अहिले Western wall भनेर चिनिन्छ । यो हमलाको घटनालाई Exodus भनिन्छ । यो घटना यहुदिहरुका लागि दुखको घटना थियो । जहाँ इसामसिलाइ सुलिमा झुन्ड्याइयको थियो ।

यस घटना पछि सबै यहुदी परियार तितरबितर भयपछी त्यहा एउटा नया शब्द प्रचलनमा आयो Anti- Semitism यहुदी प्रती दुरभावना, दुनियामा यहुदिका लागि एउटा भ्रम फैलियो यहुदि कसैलाइ पनि धोका दिनसक्छ । Exodes घटना पछि धेरैजसो यहुदी युरोप र अमेरिकामा बसे । Anti – Semitism पछि कैयौ देशहरुमा यहुदिलाइ आफ्नो पहिचान सार्वजनिक गर्नु पर्थ्यो , युरोपेली सेनामा लड्ने यहुदिलाइ आफ्नो बर्दिमा एउटा तारा लगाउनुपर्थ्यो जुन ताराको नाम Davids Star भनेर चिनिन्थ्यो । यो ताराबाट पहिचान खुल्थ्यो । यदि कसैले आफ्नो पहिचान लुकायमा , गलत कुरा गरेमा चरम सजायको प्राबधान गरियको थियो । यो सिलसिला थियोडोल हर्जलको जमानामा सम्म चल्यो । थियोडोल हर्जलको मान्यता इजरायलमा अतिनै थियो । त्यसबेला उनी भियनामा सामाजिक कार्य गर्दथे । Anti – Semitism पछि यिनिले भियना छोड्नु पर्यो । त्यसपछि उनी फ्रान्स गए । त्यहा पत्रकारिता गर्न थाले । सन १८९० को दसकमा फ्रान्सले रुस संगको युद्धमा हार्यो । फ्रान्सको हारको जिम्मेवारी यक यहुदी अधिकृत अल्फड रेफसलाई लगाइयो थियोडोल हर्जलले यसबारे पत्रीकामा एक लेख पनि लेखे । Anti – Semitism को पस्चात थियोडोल हर्जलले एउटा योजना बनाय जुन सबै यहुदिहरुलाइ एक बनायर एउटा नया देश निर्माणको परिकल्पना गरे । सन १८९७ मा स्विजर्ल्याण्डमा वल्ड जायोनिस्ट कङ्ग्रेस नामको यक सस्था खोले। जायोनिस्टको अर्थ हिब्रु भासामा स्वर्ग भनिन्छ । त्यसपछि वल्ड जायोनिस्टलाइ बिस्वभरीका यहुदी द्वारा सहयोग मिल्न थाल्यो । प्रत्यक साल एक वार्षिक सम्मेलन हुन्थ्यो । सन १९०४ मा थियोडोल हर्जलको मुटुको बिरामिका कारण मृत्यु भयो । त्यति खेरा सम्म वल्ड जायोनिस्टको प्रभाव बिस्वभरीका यहुदिहरु सम्म पुगिसकेको थियो । प्रथम विश्व युद्द भन्दा पहिला आजको टर्की छ । त्यसको आसपासका इलाकामा अटोमन साम्राज्य फैलियको थियो । सन १९१४ मा विश्व युद्ध सुरु भयो विश्व युद्धको दौरानमा २ नोभेम्बर १९१७ का दिन ब्रीटेन र यहुदी बिच बाल्पुर सम्झौता भयो । जसलाइ बालपोर डिक्लेरेसन पनि भनिन्छ ।

यदि ब्रीटेनले युद्धमा अटोमन साम्राज्यलाई हराउन सकेमा यहुदिहरुलाइ प्यालेस्टाइन इलाकामा एक स्वतन्त्र देश दिइनेछ भनी सम्झौता भयो । बल्ड जायोनिस्ट कङ्ग्रेसलाइ लाग्यो यदि ब्रीटेनले आफ्नो बाचा पुरागरेमा फिलिस्तिनमा बाक्लो आबादी हुनुपर्छ । किनकी दुनियाभरिका यहुदी आफ्नो देशमा फर्किनेछन । ब्रीटेनले युद्ध पनि जित्यो । ब्रीटेनले अन्य कारण देखाउदै बालपुर सम्झौको लागू गर्न आनाकानी गर्न थाल्यो । त्यसपछी दोश्रो विश्व युद्ध सुरु भयो । तर दोश्रो विश्व युद्धले यहुदी ईतिहास सदाकालागी बदलेर राखिदियो । त्यस समयमा जर्मनका मुखिया यडोल्फ हिटलरले Anti – Semitism को सबै भन्दा क्रूर रुप देखाय । करिब साठी लाख यहुदिको योजना बद्द हत्या गरियो ।

जर्मन र आसपासमा क्याम्प लगायर यहुदिहरुलाइ मारियको थियो । विश्व युद्द अन्त्य भयपछी विश्व भरी कुरा फैलियो । यहुदिहरु सङग यस्तो भयो पुरै दुनियाको सभ्यता यहुदी सङग जोडियो । यसै कारण सन १९४७ मा सयुक्त रास्ट्रसङले फिलिस्तिनको दुई हिस्सा गर्दै यहुदी र मुस्लिमलाइ दिनु पर्ने भन्दै यरुसेलमलाई एक अन्तरास्ट्रिय सहरका रुपमा रहने घोषणा गर्यो । यहि यरुसेलेम अहिले इजराइलको राजधानी छ ।

यरुसेलेममा यहुदी , मुस्लिम र इसाइ धर्मका धर्मस्थल थिय । यहुदिहरुलाइ यो योजना मन पर्यो तर मुस्लिम यसका लागि तयार भएनन । कुनै समयमा त्यो सबै फिलिस्तिन जुन ब्रीटेनको कोलोनी थियो । सन १९४७ मा फिलिस्तिनलाइ पनि स्वतन्त्र घोषणा गर्यो । तर ब्रीटेनको निर्देशनमा सम्पुर्ण भाग यहुदिलाइ दिइयो । फिलिस्तिन चारै तर्फबाट अरब , जोर्डन , सिरिया , मिश्र जस्ता देशबाट घेरियको थियो । सबै देशहरुले मुस्लिम अन्यायमा परेको र कहिले पनि मुस्लिमले यहुदी जनता प्रति अत्याचार नगरेको भने । यहुदी प्रती भयको अत्याचारका लागि युरोपेली देश र इसाइ जिम्मेवार रहेको जनाय । यस्तो परिस्थितिमा यदि यहुदिलाइ अर्को देश दिनुछ भने युरोपमा दिनुपर्छ । अरबमा यसै विवाद बाट सुरुभयो इजराइल र फिलिस्तिन बिबाद जो अहिले सम्म जारी छ । इजरायल १९४७ मा देश बन्यो। बिसका केही देशहरुले मान्यता पनि दिय तर फिलिस्तिन आज सम्म पनि कुनै देश बन्न सकेको छैन । इजरायलले फिलिस्तिनी संघठन र अरब देशहरु सङग कैयौ लडाइ लडेको छ । इजरायलले सैन्य युद्धमा अरब देशहरु सङग कहिले पनि हारेको छैन । इजरायल र अरब देशहरु बिच भयका लडाइमा इजरायलले फिलिस्तिनको धेरै भुभाग हडपेको छ ।

सन १९४६ सम्म सम्पुर्ण भुभाग फिलिस्तिनिको थियो । सन १९६७ मा छ दिनको युद्धले इजरायलले सात अरब देशहरुलाइ हराइदिय पछि फिलिस्तिनको धेरै भुभाग आफ्नो भुभागमा गाब्यो । विभिन्न समयका युद्धमा जित्दै अहिले पुरै प्यालेस्टाइनको भुभाग कब्जा गरिसकेको छ । यरुसेलमलाई कब्जामा लियर आफ्नो राजधानी घोषणा गरिसकेको छ । जसलाइ अमेरिका जस्ता केही रास्ट्रहरुले मान्यता दियर आफ्नो राजदुतावास समेत खोलीसके छन । अहिले गाजा र पस्चिममि घाटको कुनै हिसा बाहेक अन्य सबै इजरायलले आफ्नो कब्जामा लिइसकेको छ । इजरायल यक नया देश बनिसके पछि विश्व भरी फैलियर रहेका यहुदी जनतालाइ इजरायलमा नागरिकता दियर अधिकार दिइयो । जसको परिणाम चार महिनाको बिचमा करिब पचास हजार यहुदी आय । यिनीहरु मध्य धेरै जो हिटलरको नाजी यातना सिबिरबाट बचेका थिय । सन १९५१ को अन्त्य सम्म कुल छ लाख सतासी हाजार जनता इजराइल आय । अरब देशहरुबाट पनि करिब तीन लाख यहुदी सरणार्थी इजरायल आय । यसको फलस्वरूप तिब्र गतिमा बढ्दै गयको जनसंख्या र स्वतन्त्रता संग्रामका कारण देशको अर्थब्यबस्थालाई हल्लायर राखिदियो । यो संकट बाट पार पाउनका लागि इजरायलले बिदेशी मदतको सहारा लियो । मदतका लागि अमेरिकि सरकार खुलेर आयो । अमेरिकी बैंकले रिण दिन सुरुगरे , प्रवासी यहुदिहरुले दानरासी दिय , जर्मनिले पनि सहयोग गर्यो । जसको उपयोग इजराइलले नया भवन निर्माण गर्यो ,कृषिमा मेसिनिकिकरण गर्यो , रास्ट्रीय यअरलाइन्स खडा गर्यो , उपलब्ध खनिजहरुको भरपुर प्रयोग गर्यो ,उधोगको बिकास गरि सडक , बत्ती यबम दुरसंचारको नेट्वोर्क तयार गर्यो । जसको नतिजा इजराइलले पहिलो दसकको समाप्ति सम्म अर्थात सन १९६० सम्म औधोगिक उत्पादन दुईगुणा बनायो । अहिले बिस्वको साम्राज्यबादी सक्ति रास्ट्रको रुपमा परिचित छ ।

अन्त्यमा
नेपाल बिस्वमान चित्रमा सानो र अल्पबिकसित रास्ट्र हो । जलश्रोतका हिसाबले ब्राजिल पछि बिस्वमा दोश्रो धनी रास्ट्र हो । जसको उत्पादन क्षेत्रमा करिब ८३००० (तिरिहासी हजार) मेगावाट छ ।जलविद्युत मात्रै उत्पादन गरि बिदेश निर्यात गर्ने हो भने पनि नेपाल आर्थिक रुपले पुर्ण रुपमा निर्भर हुनसक्छ । तर हामी आफै चरम लोडसेडिङको मार खेपिराखेका छौ । पर्यटन ब्यबसायको प्रचुर सम्भावना छ । देशको मानवीय तथा प्राकृति श्रोतसाधन दोहोन भइरहेकोछ , खेर गहिराखेको छ । देश बिकासको मेरुदण्ड मानिने युवाजनसक्ती बिदेश पलायन भइराखेकोछ । देश भित्रका उधोग ,ब्यबसाय र बिदेशी बहुराष्ट्रिय कम्पनी बाट तोकियको कर असुली गर्न नसकेर बिदेशी आर्थिक सहयोग लिने भन्दै MCC जस्तो रास्ट्रघाती सम्झौता गर्न खोज्दैछ । पुजिको गलत तरिकाले प्रयोग भइराखेको छ । मुलुकमा हत्या , हिम्सा , अन्याय , अत्याचारले सिमा नागी सक्यो , नेपालका नेता भनाउदा सत्ता , कुर्सी र पैसाका लागि अत्यन्त घिनलाग्दा काम गर्दै दिन दिनै रास्ट्रघात गर्न लागिपरेका छन । देशको हालत अत्यन्तै नाजुक भैसकेको छ । विश्व अहिले आफ्नो मुलुकको बिकास गर्दै आर्थिक अवस्थालाइ सुधार्न र आ आफ्नो देशको अस्तित्व रक्षाका लागी सैनु शक्ति मजबुत बनाउन लागि परेकाछन । नेपाल भने उही पुरानो र संसदीय फोहोरी खेल बाहेक अरु सोच्न पनि सकेको छैन । पछिल्लो परिस्थितिमा बिस्वको साम्राज्यबादी , तानाशाह इजरायलले आफ्नो आर्थिक ,सैन्य क्षेमता र बिकासको चरम दुरुपयोग गर्दै संयुक्त रास्ट्रले समेत अन्तरास्ट्रिय सहरको रुपमा घोषणा गरेको यरुसेलेम सहरलाइ कब्जामा लियर राजधानी घोषणा गर्यो । संयुक्त रास्ट्र संघ र अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाउदै प्यालेस्टाइनि जनता माथि वरवर आक्रमण गरेर सोझा जनता मार्दै ऐतिहासिक र पुरातात्त्विक भवन धोस्त पारी प्यालेस्टाइनको ईतिहास यबम नाम निसाना मेटाउन लागिपरेको छ । यस्तो अन्याय पुर्ण परिस्थितिमा सम्पुर्ण शक्ति रास्ट्रहरु यक ठाउमा उभियर तानासाह र साम्राज्यबादी मुलुकहरुलाइ सवक सिकाउनुको सट्टा उल्टै केही स्वार्थ र आर्थिक लाभमा परि हतियार दियर सहयोग गरिरहेकाछन । बिस्वका गरिब र अन्यायमा परेका साना रास्ट्रको रक्षा , न्याय र स्वतन्त्रताका लागि स्थापना भयको संयुक्त रास्ट्र संघ मुखदर्सक भयर बसिराखेको छ । यस्तो स्वार्थ , अर्थ र सैनिकिकरणको जमनामा नेपालले पनि समयमै पाठ सिक्दै मुलुक भित्रका सम्पुर्ण श्रोतसाधनहरुको भरपुर प्रयोग गरि आर्थिक तथा सामजिक बिकास यबम सैन्य शक्ति सुदृढीकरण गर्दै नेपाली जनाताको ईतिहास र स्वाधीनताको रक्षाका लागि अहिले नै पाइला चाल्नु पर्ने देखिन्छ । शक्ति सम्पन्न भइ यस्ता इजराइल जस्ता साम्राज्यबादी देशहरुलाइ सजिलै जवाफ दिन सकियोस । यति नेपालको आर्थिक र शैन्य अवस्था सुधार गर्न हामी असक्षेम भयमा हामी पनि कुनै साम्राज्यबादी मुलुकको सिकार नहोला भन्न सकिन्न ।
(लेखक -दयाराम लुवार अखिल क्रान्तिकारी विशेष जिल्ला अध्यक्ष हुन् )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?