ट्रेन्डीङ्ग

सम्झनामा सहिद तेज सिह कार्कि(परिवर्तन)

बुटवल ।जनयुद्धको अन्तिम समय थियोे उहाँ गाउँमा कहिलेकाही आउनु हुन्थ्यो,त्यो बेला स्थानीय जनताहरु उहाँलाई भन्नु हुन्थ्योकि एक छाक खाना खाएर जानुस न कमसेकम हामीलाई पनि सेवा गर्ने मौका दिनुस भनेर भन्न कुरा मलाई राम्रोसँग याद छ उहा त्यति सम्मको जनप्रिय नेता हुनुहुन्थ्यो।

म त्यति बेला ९/१० बर्षको थिए, मामा स्व.भगवान सिह धामि उहा पनि तत्कालीन माओवादि समर्थक भएर काम गरिराख्नु हुन्थ्यो उहाँको कारणले परिवर्तन कमरेड अधिकांश हाम्रो घरमा राति आउनु हुन्थ्यो उहाँ निकै क्रान्ति प्रति भावुक बनाएर जानुहुन्थ्यो र त्यो बेलाका दुख कष्ट र रमणीय कुराहरु सुनाएर बिहान ३/४ बजे तिर गैहाल्ने गर्थे। त्यो हुनाले उहाँ एक्दमै आफन्त झै लाग्ने नजिक जाने फेरि उहाँ आएको बेला लाल सलाम गरि हाल्ने अरु संग त त्यति घुलमिल रहेन उहाँ र हाम्रो गाउँ एकै ठाउ हुनाले होला उहा आए पछि एकदमै खुसि लाग्ने,तेज बहादुर कार्कि कमरेड.परिवर्तन को जन्म २०३६ साल माग ११ गते बुवा जै बहादुर कार्कि र आमा महाना देबि कार्किको कोखबाट जन्म लिनु भएको थियो।
उहा सानै देखि बिद्रोही स्वभाव का गाउमा त्यतिबेला हुने बिकृति बिसंगतिका बिरुद्ध बोलि हाल्ने ।कक्षा ८ पास गरि नेपाल प्रहरीमा कञ्चनपुर कार्यरत हुनुहुन्थ्यो प्रहरि जवान नै थिए! कञ्चनपुर कारागारमा मेन गेटमा सेन्टि गरिरहेको बेला उहाको नेतृत्वमा थ्रिनट पचास राउन्ड गोलि सहित हरिश साउद लगायत तत्कालीन माओवादि नेताकार्यकर्ता सहित कञ्चनपुर कारागार तोडेर पार्टी को सम्पर्कमा
२०६१/पुस २५ गते प्रहरिबाट बिद्रोह गरि तत्कालीन जनयुद्धमा होमिनु भएको थियोे।तिन नम्बर गेटबाट भाग्न सफल हुनुभएको थियो भने बारकुण्डा हुदै उहालाई तत्कालीन माओवादी ले भि न पा ०९ मटैना को झिलमिला सामुदायिक बन
एउटा मैदान नजिकै स्वागत कार्यक्रम राखेको को आयोजना गरेका थिए! फेरि उनि तत्कालीन पार्टी एरिया कमिटी को जिम्मेवारी समालेर उहा निरन्तर जनयुद्ध मै होमिएका थिए।फेरि उहालाई एकदमै तारगेटमा राखेर दिनहु सेनाप्रहरि हरु लगाएर खोज्ने क्रम जारि नै थियो त्यस्कै क्रममा सेनाप्रहरिहरु लागेर स्थानीय प्रहरिकै सुराकीको आधारमा उहालाई महाकाली नगरपालिकाको दोधरा चादनिको चक्कि बजार नजिकै तत्कालीन सेनाप्रहरिहरुले घेरा हालेका थिए, घेरा तोडेर भाग्ने क्रममा दोधरा चादनिको सामुदायिक वनमा ५ वटा काँटेतार माथिबाट हाम फाल्ने बेला हामफाल्ने क्रममा सर्टको कलर तारमा अड्किएपछि दुष्मनहरुले घेरा हालेर पछाडि बाट गोलि प्रहार गरि कुरुर तरिकाले हत्या गरेका थिए, कमरेड परिवर्तन तपाईको त्यो विरगति हामि त्यसै खेर जान दिने छैनौ, कमरेड परिवर्तन हामि निरन्तर क्रान्तिकै दौरानमा छौ एकिकृत जनक्रान्तिको कार्यदिशा मार्फत हामि तपाईका अपुरा सपना पुरा गरि छोड्ने छौ कमरेड परिवर्तन तपाई प्रति उच्च सम्मानसहित रक्तिम अभिवादन ।-लेखक दिपेन्द्र सिह ऐरी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?