ट्रेन्डीङ्ग

संसदीय व्यवस्था र वर्तमान संकट:कमल थापा

जेठ २ बझाङ । संसदिय व्यवस्था भनेको जनतालाइ लुटि खाने हतियार हो । यो बेबस्थामा हुने चुनाब भनेको दलाल पुजिपती साम्राज्यवादको पक्ष पोषण गर्ने नक्क्ली चुनाब जनतालाइ ठग्ने चुनाब हो । भन्ने कुरा तपाईं हामिले बुझी सकेउ होला । यहाँ मान्छे सिटामल नपायर तड्पियर मर्नु परिराछ । कोरनाले जनताहरु दिनको दिन तर्सित हुदैछ्न । अक्सिजन नपायर कोइ रोडमा ,कोइ बाटो घाटोमा , कोइ गल्लिमा , कोइ बिदेशको भुमरिमा नेपाली जनताले ज्यान जाने संख्या पनि बढ्दो क्रममा छ! नेपाली जनताले मिर्त्युको कागजमा सिग्निचर गरायर मात्र उपचार गरिरहेका छ्न ! मनपरी दैनिक २० हजार बेडमा पल्टेको मात्र लिइरहेका छ्न । यो व्यवस्थाको नेर्तित्व गरेका ब्यक्ती सुरज बैध्य जस्ता जनता मारा दलाल जनताको उपचारको लागि आयको औसधिमा पनि ३२ करडौ कमिसन खायर दलाली डगरा मारिराछ्न !

यो देसको प्रमुख अर्थात यो country system को प्रमुख मान्छे प्रधानमन्त्री केपि वलि कुर्सी बचाउ अभियानमा छन । राज्यको ढुकुटी हसुरेर , गित गायर , कुर्सिको खेल खेल्दै प्रचन्ड , माधब नेपाल , सेर बहादुर देवा जस्ता खेलाडीहरु कुर्सी खेलमा निरन्तर खटिरहेका छ्न । उनिहरुलाइ कोरना एक डिभीको चिठ्ठा , जस्तो एक पैसा कमाउने , जनतालाइ सजिलै लुट्न सक्ने कोरना नामको हतियार बनेको छ। जनता मरुन या बाचुन उनिहरुलाइ कुनै मतलब छैन ।जनताहरु भोकमरिमा परुन या बिरामिले मरुन या तर्फ कुनै ध्यान छैन । जनताहरु रोउन कराउन , या बीस खायर मरुन ,यता तर्फ कुनै रतिभर चिन्ता छैन । उनिहरुलाइ चिन्ता छ त केबल पद ,कुर्सी , लुट र कमिसनको मात्र !! यो दलाल संसदिय बेबस्था कागजी कानुन राम्रो बन्छ कार्यनयन हुदैन ! जनतालाइ मीठो सपना देखाइन्छ्न ! तर कहिले पूरा हुदैनन । यो संसदिय बेबस्था मा भाग लिने संसदिय बेबस्थाका मतियारहरु मीठो र चिल्लो कुरा गरि , विभिन्न भ्रम छर्कियर , म यो गर्दिन्छु त्यो गर्दिन्छु भनी झुटा आस्वासन दियर जनताबाट मत लियिन्छ ।

जनतालाइ मासु र रक्सिमा किनिन्छ्न । जनतालाइ बौल्याइन्छ घुर्क्याइन्छ । चुनाब जित्छ्न । त्यस्पछी ५ दिन घुर्क्याउन ,फुल्याउन आयको मान्छे चुनाब जितेपछी ५ बर्स सम्म बेपत्ता । यो बेबस्थामा चुनाबमा लगाइयका नारा देस समाज र गरिब जनता लुट्ने हतियार बन्छ्न । जनता यो ब्यबस्थामा दासी बन्छन मुठी भरका सासक मालिक बन्छ्न । यो बेबस्थामा जनता संघर्स गर्छन ।फल मुठिभरका सासकले खान्छ्न । जनताहरु सधै नुन तेल देखि हिड्ने बाटो देखि कापी कलम लगायत सम्पुण सामानमा अर्थात जुनसुकै चिजबिजमा कर तिर्छ्न अर्थात यौटा १०० को रिचाजमा २ रुपैया कर तिरे जस्तै सम्पूर्णमा सामानमा कर तिरिरहेका हुन्छ्न ! तर जनता कहिले उपभोग गर्न पाउदैनन! यो संसदिय ब्यबस्थामा सर्बहारा जनता दासी बन्छ्न , सासकहरु मालिक बन्छ्न !सधै! यो व्यवस्थाको संविधान भन्दा माथी साम्राज्यवादको शासन हुन्छ ! अहिले हाम्रो देश नेपालमा दलाल पुजिबादी ब्यबस्था चलिरहेको छ! त्यसैले संसदिय ब्यबस्थामा भाग लिने दलहरु ,जस्तै बर्तमान केपि नेर्तित्वको सरकार ,लगायत यी दलहरु वैदेशिक साम्राज्यवादका कट्पुतली बिदेसिको टपरी चाट्ने दलालको रुपमा देखियका छन! हुन पनि यी सबै बिदेशीका कामदार हुन! कस्लाइ सत्तामा ल्याउने ,कस्लाइ फाल्ने? भन्ने कुरा पनि बिदेशीकै हातमा हुने भयकोले यिनिहरु इमानदार ड्युटी निभाउन्छ्न । त्यसो भको हुदा यो दलाल पुजिपती संसदिय ब्यबस्थामा जनताहरु आफ्ना अनगिन्ती समस्याबाट कहिले मुक्त हुन सक्दैनन । यो ब्यबस्थामा मुक्त गर्ने आधारहरु छैनन । त्यसैले यो दलाली गनाउने संसदिय ब्यबस्थामा जनताले सुख शान्ति र समृद्धिको सपना देख्नु भनेको रिठाको बोटमा स्याउ फलेको देख्नु हो ।

त्यसो भएको हुँदा यो दलाल संसदिय ब्यबस्थाको अन्त्यका लागि संघर्स गरौ । संसदिय ब्यबस्थामा मुठिभर दलालहरुले लुटेको कालो धन जफत गरौ !
जनताका आधारभुत आबस्यकता ( गाँस , बाँस , कपास ,शिक्षा र स्वास्थ निसुल्क )परिपुर्ती हुने ब्यबस्था बैज्ञानिक समाजबादि ब्यबस्था लागु गरौ । लेखक कमल थापा अखिल क्रान्तिकारी बझाङका अध्यक्ष हुन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?