ट्रेन्डीङ्ग

विप्लव नेकपा कञ्चनपुरद्वारा जनचेतनामूलक भित्ते लेखन कार्यक्रम

गणेश एसके, बैशाख २५,कञ्चनपुर ।
नेपाल कम्युनिस्ट पार्टी विप्लव निकट जिल्ला समिति कञ्चनपुर द्वारा शुक्रबार जनचेतनामूलक सन्देश सहित पार्टीका प्रचारप्रसार सम्बन्धि भित्ते लेखन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त भित्ते लेखन कञ्चनपुरको ब्रह्मदेव बजारका खाली भित्ताहरुमा लेखिएको हो।
पार्टीको प्रचार प्रसार, जनजागरण र अन्य कार्यक्रम विश्व महामारीको रुपमा रहेको कोरोना भाइरस का कारण संकट भएकाले अरु काम चाहिँ बन्द रहेको र खाली ठाउँहरू स्वास्थ्य मापदण्ड पूरा गरेर धेरै भिडभाड नगरी उक्त कार्य गरिएको स्रोतले जनाएको छ ।

भित्ताहरुमा लेखिएको छ कि ‘ कोरोना महामारीका बेला भइरहेको कालो बजारी र कृतिम संकट नियन्त्रण गर ,भौतिक दूरी कायम गरौं,अनिवार्य माक्सको प्रयोग गरौं,कोरोना बाट बचौ र बचाऔं,असफल पुँजीवादी व्यवस्था खारेज गर,एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत वैज्ञानिक समाजवादी व्यवस्था लागू गर “जस्ता नारा हरुले भित्ता मा लेखिएको छ ।

उक्त कार्यक्रममा कञ्चनपुरका युवा नेता दीपेन्द्र ऐरी लगायतको टीम सहभागी भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?