ट्रेन्डीङ्ग

नेबिसंघ बझाङद्धारा प्रधानमन्त्रीको पुत्ला दहन

टेकेन्द्र बोहरा,जेठ ९ बझाङ ।
बझाङमा प्रधानमन्त्री केपी शर्मा वलीले सुक्रबार प्रतिनिधी सभाको बिघटन गरेकाे भन्दै नेपाल बिद्यार्थी संघ बझाङले प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।

नेपाली काङ्ग्रेसको भातृसँगठन नेबिसंघ बझाङले नारा जुलुस गर्दै सदरमुकाम चैनपुर चौराहामा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो ।

संबिधानको बर्खिलाप गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधी सभाको बिघटन गरि अस्थिरता तिर धकेलेको भन्दै त्यसको बिरोधमा पुत्ला दहन गरेको नेबिसंघ बझाङका सभापति दिपक भण्डारीले जानकारी दिनुभयो ।

सभापति भन्डारीले भने देश कोरोना संक्रमणमण फैलिएको र बेला देश र जानता प्रति सरकार उत्तरदायी नभएकोले प्रधानमन्त्री अाेलिकाे पुत्ला दहन गरेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?