ट्रेन्डीङ्ग

धारिलो हतियारबाट श्रीमतीको ह’त्या

टेक बहादुर पुन बैशाख २६ दाङ । दाङलो गढवामा धारिलो हतियार प्रहार गरि श्रिमानले श्रिमतीको हत्या गरेका छन् ।

आईतबार बिहान १० बजे गढवा गाउँपालिका वडा नम्बर २ महादेब निवासी ३८ बर्षिय धनिराम चौधरीले घरेलु हतियार प्रहार गरि श्रीमतीको हत्या गरेका हुन् ।

हतियारबाट घाटीँमा गहिरो चोट लागेर श्रीमती शिला चौधरीको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । उनिहरु दुबैजना बिहान सँगै मकै छरेर फर्किएका थिए । खाना खाने भनेर भात पस्किदै गर्दा श्रिमानले एक्कासी पछाडीबाट हतियार प्रहार गरेको बुझिएको छ । छोराले यस्तो हर्कत गर्ला भनेर सोच्नै नसकेको उनकि आमा रामबेलासी चौधरीले गुणासो गरीन् ।

बाबा आमा आपसमा अहिले सम्म झगडा गरेको थाहा नपाएको छोरा अञ्जितले बताए । धनिरामले बिगत केही बर्ष पहिले देखि डिप्रेशनको औंषधी प्रयोग गर्ने गरेको पारिवारिक श्रोतले बताएको छ ।
उनको बाबा आमा श्रीमती र २ छोराछोरी गरि ६ जनाको परिवार थियो ।

हतियार प्रहार गर्ने धनिरामलाई पक्राउ गरि अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal