ट्रेन्डीङ्ग

कोरोना रोकथामका लागि प्राकृतिक चिकित्सक डा.गैह्रेका टिप्स

नवलपरासी । विश्वभर महामारीकारूपमा फैलिएको कोरोना भाइरसबाट नियन्त्रणमा नआउदै नया भेटिएन्टले आक्रान्त बनाएको छ ।

कोरोना भाइरसले विश्वभर १५ करोड ९६ लाख ५ हजार ९ सय ५ भन्दा बढी संक्रमित भइसकेका छन् । यसको संक्रमणबाट मृत्यु ३३ लाख १७ हजार ७ सय ३३ भन्दा बढीको मृत्यु भएका छन् ।

नेपालमा पनि यसको संक्रमणबाट ३ हजार ८ सय ५९ जनाको ज्यान गइसकेको छ । हाल सम्म ४ लाख ३ हजार ७ सय ९४ संक्रमित भएका छ्न भने हाल ९३ हजार १४१ सक्रिय संक्रमित छन् । ३ लाख ६ हजार ७ सय ९४ निको भइसकेका छन ।

भाइरस नियन्त्रणका लागि विश्वभर खोज अनुसन्धानहरु भैरहेको भ्याक्सिन प्रयोगमा आइरहेको भएता पनि नियन्त्रणमा आउन सकिरहेको छैन झन नया भेटिएन्टले आक्रान्त बनाएको छ । यो भाइरससँग लड्नका लागि हाम्रो रोग प्रतिरक्षात्मक प्रणालीलाई मजबुत बनाउन जरुरी छ र यसको लागि हाम्रो मौलिक चिकित्सा पद्धतिहरुको महत्वपूर्ण भूमिका रहेको छ । जसमा आयुर्वेद, योग तथा प्राकृतिक एवं अन्य पूरक चिकित्सा पद्धतिमा दिइएको महत्वपूर्ण कुराहरु ध्यान दिन सकिएको खण्डमा पक्कै पनि हामी संक्रमणबाट टाढा रहन सक्छौँ । योग तथा प्राकृतिक चिकित्सा पद्धतिले मुलतः स्वास्थ्यका चारवटा आयामहरु प्रिभेन्टिभ, क्युरेटिभ, प्रोमोटिभ, रिहाबिलिटेटिभमा रहेर काम गर्ने गर्दछन् ।

– योग तथा प्राकृतिक चिकित्सा पद्धति ‘Asymptomatic’ र ‘Symptomatic’ हुने अवस्थामा विरामीको निदानका लागि उपयोगी रहेको छ ।

– यो चिकित्सा पद्धतिले ‘रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी’ गराउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ भने रोग प्रतिरक्षात्मक प्रणालीलाई पनि मजबुत बनाउने गर्दछ ।

– योग तथा प्राकृतिक चिकित्सा पद्धतिमा आधारित रहेका निम्न कुराहरुमा ध्यान दिन र उपयोग गर्न सकेमा कोभिड–१९सँग लड्नसक्ने रोगप्रतिरक्षात्मक प्रणाली राम्रो हुने मात्र नभएर त्यसबाट उत्पन्न तनाव व्यवस्थापनमा पनि सहयोग पुग्दछ ।

१) सरसफाई:
साबुनपानीले मिचिमिची २०–२५ सेकेण्ड हातधुने र सम्भव भएसम्म दैनिक पाँच–सात पटक सो प्रकृया दोहोर्याउने ।
सामाजिक दुरी कायमगर्ने, जस्तै अङ्गालो हाल्ने, हातमिलाउने, ढोग्नेजस्ता काम नगर्ने ।
सार्वजनिक स्थलमा थुक्ने, मलमुत्र विषर्जन गर्ने क्रियाकला निषेध गर्ने ।
सकेसम्म हातले नाक, मुख, आँखा छुने काम नगर्ने ।

२) प्राकृतिक भोजन (आहार) :
प्रशस्त मात्रामा रेसादार परिकारहरु जस्तै गहुँ, मकै, कोदो, फापर, गेडागुडी, हरियो साग, सब्जीबाट बनाइएका परिकार खाने ।
घरायसी भान्सामा प्रयोग गरिने मसलाहरु जस्तै: लसुन, प्याज, अदुवा, मरिच, ल्वाङ, ज्वानो, टिमुर, दालचिनी, बेसारजस्ता प्राकृतिक औषधीय गुण भएका हर्बस् प्रयोग गर्ने । जसले गर्दा रोग प्रतिरक्षात्मक प्रणालीलाई वृद्धि गर्दछ र श्वासप्रश्वास प्रणालीलाई सजिलो पार्दछ ।
हर्बल चिया, तुलसी चिया, अदुवा चिया वा हर्बल डिक्सन बनाएर नियमित बिहान र साँझ खाने गरौं ।

प्रशस्त मात्रामा झोलिलो गेडागुडीको रस खाने गरौँ ।

भिटामिन सी, एण्टी अक्सिडेन्ट पाइने खाना, भिटामिन बि १२ भएका मल्टस् भिटामिनयुक्त परिकार जस्तैःअमला, कागती, ठूलो खोर्सानी, मौसमी, सुन्तला, अङ्गुर, काँक्रा आदि सलादको रुपमा होस् वा जुसको रुपमा प्रयोग गरौँ ।
रक्सी, चुरोट, खैनी, सुर्ती नखाऔँ ।

माछा, अण्डा, मासु,तारे, भुटेका खानेकुरा अत्यन्त कमखाने गरौँ ।

३) योग :
आशन, प्राणायम र ध्यान नियमित रुपमा गर्ने गरौँ । जसले गर्दा तनाव व्यवस्थापन र इम्युनिटी बढ्ने गर्दछ ।
सरल किसिमका ब्यायाम (इण्डोर खेलकुद) सूर्य नमस्कार, सुक्ष्म व्यायाम, शरीरका जोर्नी चलाउने, मांशपेशी तन्काउनेजस्ता कार्यहरु नियमित गरौँ ।

दैनिक सूर्य किरण स्नान (सन वाथ) बिहान ६–१० भित्र कम्तिमा ३० देखि ४० मिनेट लिने गरौँ । जसले गर्दा भिटामिन डि–३ को मात्रा शरीरमा दिने गर्दछ ।

शारीरिक शुद्धीकरणका लागि अनुहारको वाफ उष्णपाद स्नान, कुन्जल, जलनेतीजस्ता यौगिक शुद्धीकरण विधि घरमै अपनाउन सकिने छ ।
दैनिक मनतातो दूधसँग आधा चिम्टी बेसार मिलाएर खाने गरौँ ।

बेलुकाको भोजन सुत्नु भन्दा करिब दुई घण्टा अघि खाने गरौँ ।
अन्ततः कोभिड–१९ सँग लड्नको लागि मानसिक तनाव र रोग प्रतिरक्षात्मक प्रणालीलाई नै मजबुद गराउनुपर्ने हुँदा आफू जहाँ छौँ त्यहीँ रही सरकारद्वारा दिइएका निर्देशनहरु पालन गरी आत्मबल उच्च राख्नु नै कोभिड–१९ बाट बच्ने उपाय हो ।

(डा. गैह्रे हिमालयन योग तथा प्राकृतिक अस्पताल र काठमाडौँ नेचुरोपेथी अस्पतालका निर्देशक हुनुका साथै योग तथा प्राकृतिक चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष हुन् ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal