ट्रेन्डीङ्ग

कोरोना भन्दा घातक संसदीय ब्यवस्था

काठमाडौ । कोरोना (कोभीड-१९) भाइरसले जति आतंकित र त्रसित बनायकोछ , त्यो भन्दा कैयौ गुणा धेरै दलाल संसदीय ब्यवस्थाले जनतालाइ भयभित र आतंकित बनाएकोछ ।

कोरोना एक जीवाणु हो । अति सानो रुपमा हुन्छ ।यो आफ्नो नियममा चन्दछ ।यसले आफ्नो क्षमताका आधारमा प्रभाव पार्ने र स्वरुप पनि निश्चित छ ।

यसले बिस्वका अधिकाङस रास्ट्रका लाखौ मानिसलाइ मृत्युको मुखमा पुर्यायर नेपालमा पनि देखियको डबल म्युटेन्ट प्रकृतिको कोरोना भाइरसले लाखौको संख्यामा संक्रमीत बनायर हजारौंको ज्यान लिएकोछ ।

कोरोनाको संक्रमण बढ्दै जादा यसले जनमानसमा एक प्रकारको भय उत्पन्न भएको छ । दुनियाका धेरै जनसंख्या भयका कम्युनिस्ट मुलुकले सामान्य उपायहरु प्रयोग गरेर अत्यन्त कम क्षेतिमा कोरोनालाइ आफ्नो काबुमा पार्न सफल भयकाछन । SMS सामाजिक दुरि (Social distance )कायम गरेर , माक्स (Mask)लगायर र सरसफाइ ( Sanitation) मा विशेष ध्यान दिदा पहिलात कोरोनाको संक्रमीत हुनबाट टाडै रहन सकिन्छ ।

यदि कोभिड १९ बाट संक्रमिट भैसक्दा पनि समयमै स्वास्थ मापदण्डको पालना गरि चिकित्सकको सलाह अनुसार अनुसासित तरिकाले कार्य गर्दा हामी सुरक्षीत रहन सक्छौ तर सरकारले अनेक बिधिको प्रयोग मार्फत उचित ब्यवस्थापन गरि कोरोनाको महामारी नियन्त्रण गर्नुको सट्टा संसदीय ब्यवस्थामा अनावश्यक खालका गलत प्रचारबाजीले जनताको मनोबिज्ञानलाई भयभित बनाएर बिरामीको उपचारको नाममा गरिब जनताको ढाड सेक्ने गरि गलत तरिकाले पैसा कमाउने सुनौलो अवसर निर्माण गरेका छन ।

स्वास्थ सेवाको नाउमा अकुत सम्पती कमाउदै जनता मारिरहेकाछन ।आफुले बनायको संविधानका पानालाइ सुन्दर बनाउनका लागि केही रमाइला शब्दहरु उल्लेख गरियकाछन जस्ले जनताको आखामा छारो हालेर माफियातन्त्र , लुट्तन्त्र , कालोबजारीतन्त्र ,भ्रष्टाचारतन्त्र जस्ता तमाम तन्त्रै तन्त्रको अँध्यारो कुनामा बसेर राज गरिरहेकाछन अझ कम्युनिस्टको नक्कली मुकुन्डो लगायर आफुलाइ समाजबादी कम्युनिस्ट भन्न रुचाउछन ।हुनेखानेका लागि यो देश स्वर्ग हो तर गरिब दिन दुखिका लागि नर्ग अहिलेका सासक र उहिलेका राणा शासनमा खासै भिन्नता पाइदैन ।

Transparency international Nepal को रिपोर्टलाई मान्नेहो भने हाम्रो मुलुक यसियाकै पहिलो नम्बरको भ्रस्ट मुलुकको सुचिमा पर्छ । यो देशमा प्रधानमन्त्री स्वयम् आफ्ना भ्रष्ट मन्त्री र नेताको संरक्षणका लागि मैदानमा उत्रिन्छन । संयुक्त रास्ट्र संघको प्रक्षेपणमा ध्यान दिने हो भने यो बर्ष हाम्रो देशको आर्थिक बृदिदर रिणात्मक हुने प्रक्षेपण गरेकोछ ।

UN को अनुमान बमोजिम दक्षिण यसियाको सबै भन्दा खराब अर्थतन्त्र नेपालको हो । केपि वलि नेतृत्वको सरकारले चालू आ. ब. बजेट प्रस्तुत गर्दा ७ प्रतिशत आर्थिक वृद्धिको सपना जनतालाइ देखायको थियो तर अहिलेको आर्थिक बृदिदर १ प्रतिसत पुगे पनि भाग्य मान्नु पर्ने अवस्थाछ । मुलुक यस्तो हरि कंगाल भैसक्दा जनताका आधारभुत आवश्यकता पुरा गर्न नसकेर , उपचार खर्छ नभएर जनता आत्म हत्या गर्न बिवस भैरहदा यो देशका मन्त्री ,प्रधानमन्त्री र रास्ट्रपति बेखबर छन । यस्तै अवस्था निरन्तर जारी रहे नेपालको करिब आधी जनसंख्या डिप्रेसनमा जान सक्ने सम्भावना देखिन्छ ।

जनताको हालत जति खराब छ नेता र सासकको मति उतिनै भ्रष्ट र गैरजिम्मेवार छ । संसदीय ब्यस्थामा नेपालका नेताहरु कहिले कसैले कुनै देशमा पनि नगरेको राजनीति गरिरहेकाछन । राजनीति भनेको देश बदल्ने माध्यम हो भनेर बुजेका नेताले देश त बदलिदिय तर आशालाइ निरासामा , अन्यायलाई अत्याचारमा ,कमिसन खोरिलाइ नितिगत भ्रष्टाचारमा बदलिदिय , लाख दशलाखमा हुने भ्रष्टाचारलाई एकै पटक सतरी करोडमा बदलिदिय अन्यमा हाम्रो देश बहु जातिय ,बहु भाषिक र बहु सास्कृती यवम प्राकृतिक सुन्दरता तथा श्रोत साधनले भरिपुर्ण देश हो । नेपाली जनताको जीवन शैली दुख कस्ठ का साथै हासो खुसी र सहयोगी मनहरुले मिलेर रहेको मुलुक हो ।

यो देशमा विभिन्न शासन प्रणाली ,सत्ता ,नेतृत्वमा परिवर्तन त आय तर नेपाली श्रमजिबि जनताको जीवन शैली बदल्ने कुनै पनि परिवर्तन आयन । अहिलेको समयमा कोरोना महामारी बाट नेपाली जनतालाइ सुरक्षीत बनाउन ध्यान दिनुको सट्टा उल्टै आफ्नो कुर्सिको रक्षा गरि सत्ता लम्ब्याउदै इतिहासकै ठुला ठुला रास्ट्र घात र जनघातमा गागिरहेको हुदा यो दलाल ब्यवस्थाले नेपाली जनताको मुक्ती भबिस्य दिदैन केही नजिकका आसे पासे बाहेक अरु सम्पुर्ण नेपालिको अहित छ ।

त्यस कारण नेपाली जनताको भाग्य बदल्ने सुनौलो ब्यवस्था एकिकृत जनक्रान्ती मार्फत बैज्ञानिक समाजवादमा लामबद्द हुन सबैका लागि बाध्यता भएको छ ।(लेखक :-दयारम लुवार
अध्यक्ष अखिल( क्रान्तिकारी ) विशेष जिल्ला हुन ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?