ट्रेन्डीङ्ग

ओलि नेतृत्वको सरकार जनता प्रति गैरजिम्मेवार:नेता तिमिल्सैना

जेठ १७ काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य खकेन्द्र तिमिल्सैना केपि ओलि नेतृत्वको सरकार असफल अनैतिक भएको दाबि गरेका छन।

सरकार जसले अल्पमतमा परिसकेको बेला मसँग बहुमत छ भन्नु लाजमर्दो र बेकुब बनाउने कुरा भएको उहाँको भनाइ छ माओवादी केन्द्र काग्रेस सहितको प्रतिपक्षी गठबन्धनका सांसदहरूले हस्ताक्षर सहित अदालतमा स्वयम उपस्थित भएर संसदलाइ असंवैधानिक तरिकाले गरेको बिघठनको बिरुद्ध रिट दायर गरेकाले चाडै संसद पुन स्थापित हुने नेता तिमिल्सैनाको बिस्वास छ केपि ओलिको कुकर्मले मुलुकमा गणतन्त्र माथिनै प्रहार भएको संविधान को मर्म र भावना विपरित कार्य भएको भन्दै अब सरकारमा बसिरहनुको कुनै औचित्य नभएको उहाँको ठम्याइ छ।

जनताको मत कुल्चेर चुनावको बाहानामा कुर्सी जोगाउने खेलमा लागेको यो सरकार ले ल्याएको बजेटमा अधिकाशं बिषय मत बटुल्नकै लागि ल्याइएका खोक्रा नारा मात्र भएको त्यो कार्यन्वयन हुने कुरा भ्रम मात्र भएको उहाँ को बिश्लेष्ण छ नेपालको इतिहास मै यति गैरजिम्मेवार सरकार अरु नभएको भन्दै तिमिल्सैना ले यो सरकार को बिकल्प दिनु आजको आवस्यकता भएको कुरा बताउनु भयो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?