ट्रेन्डीङ्ग

उर्जामन्त्री रायमाझीद्वारा १८ थान अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामाग्री अर्घाखाँची अस्पताललाई हस्तान्तरण


अनिल नेपाली अर्घाखाँची बैशाख ३० ।
उर्जा तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले गृह जिल्ला अर्घाखाँचीमा स्वास्थ सामाग्री पठाएका छन् । निजी सचिव लिला जिसीमार्फत जिसीमार्फत मन्त्री रायमाझीले १८ थान अक्सिजन सिलिण्डर, ५ थान इलेक्ट्रोनिक कन्सर्टटेट्र मेसिन जिल्ला अस्पताल अर्घाखाँचीलाई पठाएका हुन् ।

सचिव जिसीले प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेललाई उक्त सामाग्रीहरु हस्तान्तरण गरे लगत्तै प्रमुख जिल्ला अधिकारी पौडेलले अर्घाखाँची अस्पतालका प्रमुख मेसु डा.कपिल गौतमलाई उक्त सामाग्री पुन: हस्तान्तरण गरे ।हस्तान्तरण कार्यक्रममा निवर्तमान रास्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का , शुरक्षा निकायका प्रमुखहरु जनस्वास्थ्य कार्यलयका प्रतिनिधि तथा स्वास्थ्य कार्यलयका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।


स्वास्थ सामाग्रीहरु बुझ्दै अस्पतालका प्रमुख गौतमले जिल्लालाई यो स्वास्थय सामाग्रीले केही राहत मिलेको भन्दै धन्यवाद दिए । हाल अर्घाखाँची अस्पतालमा २३ जना संक्रमितको उपचार भैरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?