ट्रेन्डीङ्ग

अर्घाखाँचीमा ५ जनाले कोरोना जितेर घर फर्किए

अर्घाखाँची बैशाख ३० ।अर्घाखाँची अस्पतालबाट आज ५ जना काेभिड विरामी निकाे भई घर फर्किएका छन् ।काेराेना संक्रमण भई उपचारत रहेका पाँचजना आज डिष्चार्ज भएकाे अस्पतालका निमित्त मेसु डा कपिल गा‌ैतमले बताउनुभएको छ। अर्घाखाँची अस्पतालमा १८ जना काेराेना संक्रमित उपचाररत रहेकाेमा आज एकैदिन २ जनाले ज्यान गुमाएका छन् ।

आज ज्यान गुमाउनेमा जिल्लाकाे शितगंगा नगरपालिका वडा नं ४ काेप्चेवास निवासी ६२ वर्षिय महेन्द्र पाण्डे र भुमिकास्थान नगरपालिका वडा नं ९ निवासी ५६ वर्षिय जनक बहादुर पालुंगे रहेका छन् । मृतक पालुंगेकाे उपचारकाे लागि अस्पताल ल्याउदैगर्दा ज्यान गएकाे हाे ।

घरबाट उपचारकाे लागि अस्पताल आउनासाथ पालुंगेलाई डाक्टरले मृत घाेषणा गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal